बाँके, ११ भदौ- बैजनाथ गाउँपालिका-७ पेडारी बस्ने ४८ वर्षीय झक्क बहादुर भण्डारीको करेन्ट लागेर मंगलबार दिउँसो मृत्यु भएको छ । आफ्नै कुखुरा फर्ममा रहेको विजुलीको तारबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

बर्दिया । गुलरिया नगरपालिका ९ टेपरी बस्ने भबिसरा खड्काको छोरा १० वर्षीय नबराज गिरी सोही ठाउँस्थित पुरानो सर्जु नदीको किनारामा बुधबार मृत अवस्थामा फेला परेका छन् । घटना बारे अनुसन्धान भइरहेको बर्दिया प्रहरीले जनाएको छ । बालकको मृत्यु कसरी भयो भन्ने बारे खुल्न नसकेको स्थानीय बताउँछन् ।

  बबई (बर्दिया), भदौ ११ गते । सरकारले सशस्त्र प्रहरी बललाई सीमा सुरक्षाको जिम्मेवारी दिएको दुई दशक बितिसक्दा पनि आवश्यक भौतिक पूर्वाधारको निर्माण हुन नसक्दा बर्दिया जिल्लाको नेपाल–भारत सीमा क्षेत्रमा खटिएका प्रहरीले सास्ती भोग्दै आएका छन् । ८३ किलोमिटर खुला सीमा रहेको यस जिल्लामा कतिपय स्थानमा सशस्त्र प्रहरीले खुला आकाशमुनि नै ड्युटी गर्नु परेको छ भने […]

  रौतहट, ८ भदौं । रौतहट जिल्लाको गौर नगरपालिका वडा नम्बर ९ गौर सिर्सिया सडक खण्ड अन्तर्गत मुडवालबा मोड नजिक सुट केश भित्र बाट एक महिलाको शब बरामद भएको छ।   हत्या गरि सुटकेश भित्र बन्द गरी शनिवार राती करिब ८ बजेको समयमा सडकको पश्चिम किनारमा फालिएको सुटकेश भित्रबाट शब फेला परेको हो।   डोरीले बेरिएको सुटकेश […]

  बर्दिया — जुवातास खेलिरहेको अवस्थामा बाँसगढी नगरपालिका–३ शान्तिपुर स्थितबाट जुवातास खेलिरहेका नगदसहित १० जना पक्राउ मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार खिमबहादुर महतको घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा पक्राउ गरेको हो । जुवा खालबाट नगद ५४ हजार ३ सय १५, २ […]

  दाङ, ४ भदौ-  घोराही उपमहानगरपलिका-२ रामपुर बस्ने शिव कवर योगीकी छोरी २ वर्षीया निशा कवर योगीको घर नजिकै रहेको कुलोमा डुबेर मंगलबार बेलुकी मृत्यु भएको छ । डुबेर अशक्त भएकी उनको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

बर्दिया- बढैयाताल गाउँपालिका-७ कण्ठपुर चेक पोस्टबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ८ सय ८० मिलिग्राम सहित २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-५ बढैया गाउँ बस्ने २१ वर्षीय भुपेन्द्र कुमार थारू र ३२ वर्षीय सन्जय दत्त चौधरी रहेका छन् । उक्त स्थानमा खटिएको प्रहरीले भारतबाट नेपालतर्फ […]

बर्दिया — गुलरिया नगरपालिका–१२ भैसाहीकी एक महिलाको ज्यान लिने चितुवा अझै नियन्त्रणमा आउन नसकेपछि स्थानीयहरुमा अझै त्रास छ । भैसाही गाउँदेखि पश्चिममा रहेको नर्सरी वन नजिकै आफ्नो खेतमा काम गरिरहेको अवस्थामा चितुवाको आक्रमणमा परेर स्थानीय जगतरानी थारुको मृत्यु भएको थियो । चार दिनअघि महिलाको ज्यान लिने चितुवालाई नियन्त्रणमा लिन ५ स्थानमा गेज राखिएको छ । […]

  बाँके । नेपालगन्ज–गुलरिया सडक खण्डअन्तर्गत बाँकेको खजुरा गाउँपालिका–३, खजुरा बजारस्थित पेडारी नालामा चारलेनको पुल निर्माण अगामि वैशाखभित्र सम्पन्न हुने गरी ठेक्का सम्झौता भएको छ । वर्षातको समय सकिनासाथ निर्माण कार्य सुरु गरिने हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगन्जाले जनाएको छ । पेडारी नाला पुल निर्माणका लागि २०८२ जेठ १९ गते सम्झौता भइसकेको छ । […]

बाँके, ३ भदौ मंगलबार २०८२ बाँके र बर्दिया कार्य क्षेत्र भएको राष्ट्रिय कृषि आधुनिकिकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाई बर्दियाले नीति तथा कार्यक्रम कार्यान्वयन समन्वय बैठक तथा चालु आर्थिक बर्ष २०८२÷८३ को बार्षिक कार्यक्रम सर्बजनिकरण गरेको छ । कार्यालयले सोमबार नेपालगन्जमा एक कार्यक्रमका बिच ८ करोड ३४ हजार बजेटको कार्यक्रम सर्बजनिक गरिएको कार्यक्रम कार्यान्वयन एकाई बर्दियाका […]