बर्दिया — बाँसगढीका हरिबहादुर बुढामगरको हत्या गरी बाँसगढी नगरपालिका–२ स्थित काटकुवा खोलामा फालेको आरोपमा सोही ठाउँका ३७ वर्षीय लक्षमण चन्दलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार चन्दले मगरको हत्या गरी गत असोज २८ गते खोला फालेका थिए । बेवारीशे अवस्थामा शव फेला पारेपछि प्रहरीले घटनाको अनुसन्धान थालेको थियो । बुढामगरका छोरा मनोजले चन्दको […]
काठमाडौं । दुई दर्जन गोरुलाई यातना हुने गरी पुच्छर समेत बाँधेर, मुन्टो ठाडो पारेर नथीमा बाँधेर ओसारपसार गरेको पाइएपछि प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । पशुलाई निर्दयी व्यवहार गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन । प्रहरीका अनुसार पक्राउ पर्नेमा विराटनगर उपमहानगरपालिका–३ मानगणका ३८ वर्षीय हेम श्रेष्ठ, सोही ठाउँका २७ वर्षीय रमेश श्रेष्ठ, सुनसरीको कुसाहा […]
नेपालगन्ज । सुशासन र कानूनको क्षेत्रमा क्रियाशिल संस्था सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जले निःशुल्क कानूनी परामर्श सेवा दिने भएको छ । महिला हिंसाविरुद्धको १६ दिने अभियान अन्र्तगत यस वर्ष पनि संस्थाले निःशुल्क कानूनी परामर्श सेवा प्रदान गर्न लागेको हो । समुदायमा रहेका महिला, गरिब, विपन्न, असहाय, मुस्लिम महिलाहरुलाई कानुनसंग सम्वन्धित विभिन्न सेवाहरु प्रदान […]
बर्दिया —बर्दिया प्रहरीले लागूऔषध ब्राउन सुगरसहित गुलरिया नगरपालिका–११ निजामुद्दीन खानलाई पक्राउ गरेको छ । उनिबाट ८ पुरिया प्याकेटमा उक्त पदार्थ फेला परेको हो ।
नेपालगञ्ज २७ कार्तिक २०८१ नेपालगञ्ज उपमहानगरपालिकाले नेपालगञ्जस्थित यातायात ब्यवस्था कार्यालयका लागि आवश्यक जमिन, भौतिक पूर्वाधार र संरचना उपलब्ध गराउन प्रतिबद्ध रहेको जनाएको छ । उपमहानगरपालिकाले मंगलबार एक विज्ञप्ती जारी गर्दै कार्यालयका लागि जमिन, भौतिक पूर्वाधार र संरचना उपलब्ध गराउन प्रतिबद्ध रहेको जनाएको छ । कार्यालयका लागि जमिन तथा भौतिक पुर्वाधार उपलब्ध गराउन खोज्दाखोज्दै पनि गराउन […]
बर्दिया। मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि निर्वाचन आयोगले अन्तिम मतदाता नामावली स्वीकृत गरेको छ । बर्दियाको ठाकुरबाबा नगरपालिका वडान ४ मा ३५१० मतदाता रहेका छन् । १६७१ महिला र १८३९पुरुष मतदाता रहेका छन् । दुई वटा बुथ तोकिएको छ भने ५ मतदान स्थल तोकिएको छ । प्रमुख निर्वाचन अधिकृतमा बर्दिया जिल्लाका न्यायाधीश […]
खजुरा। बाँकेको बैजनाथ गाउँपालिका-३ स्थित नौबस्ता क्षेत्रीय कारागारमा रहेको नौबस्ता बाल सुधार गृहबाट तीन जना बाल बिज्याँइकर्ता भागेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले नौबस्ता बाल सुधार गृहबाट तीन जना बाल बिज्याइँकर्ताहरु भागेको बताउनुभयो । “नौबस्ता बाल सुधार गृहमा करिब १२५ जना बाल बिज्याइँकर्ताहरु थिए । उनीहरुलाई छुट्टाछुट्टै ब्लकमा […]
बाँके । राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ पूर्व पश्चिम राजमार्ग सडकखण्डको पुलमुनि एक पुरुषको बेवारिसे शव अवस्थामा फेला परेको छ ।प्रहरीले शवको पहिचान खुल्न नसकेको जनाएको छ । शवको सनाखत हुन बाँकी रहेकाले सनाखतका लागि प्रयासहरु भइरहेको प्रहरीको भनाइ छ ।
बर्दिबास । पूर्वपश्चिम लोक मार्गको बर्दिबास-५ स्थित टुटेश्वरको जङ्गलमा सवारी दुर्घटना हुँदा सर्लाही ईश्वरपुर १२ का ३७ वर्षीय सन्तोष मगरातीको मृत्यु भएको छ । बर्दिबास प्रहरीका अनुसार उपचारका लागि अस्पतालतर्फ ल्याउँदै गर्दा मगरातीको बाटोमै मृत्यु भएको थियो । दुर्घटनामा परि महोत्तरी बर्दिबास-७ की १५ वर्षीया दीक्षा लुङ्गेली, सर्लाही ईश्वरपुर १२ का १७ वर्षीय रविन […]
नेपालगगन्ज। २०७४ सालबाट ओपिडी सेवा शुरु गरेको बॉकेको खजुरामा रहेको सुशील कोइराला क्यान्सर अस्पतालले पश्चिम नेपालका करिब ४० जिल्लाका बिरामीको उपचारमा अहम भुमिका निभाउँदै आएको छ । सो अस्पतालमा फोक्सो, स्तन, रक्तनली, नाक–कान–घाँटी, पाठेघर, हड्डी, दाँत तथा मुख, मुत्रनली र पिसाब थैलीलगायतका क्यान्सरको उपचार हुॅदैआएको छ । यी सेवा बाहेक अस्पतालले बाल क्यान्सरको उपचार सेवा […]












