बाँके, १३ असार- डुडुवा गाउँपालिका-६ लिहारपुरूवा बस्ने ३४ वर्षीय राजाराम धोबीको करेन्ट लागेर बिहीबार साँझ मृत्यु भएको छ । आफ्नै घरमा संचालन गरेको खुद्रा किराना पसलमा विद्युतको नाङ्गो तारबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको भेरी अस्पताल नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

  नेपालगन्ज, असार १३ गते । बाढी डुबान लगायतका मनसुनजन्य विपदबाट हुने क्षति न्यूनीकरण गर्न बाँकेमा पहिलो पटक समुदाय विपद् स्वयंसेवक तयार पारिएको छ । सशस्त्र प्रहरी बल नेपालले युवाहरुलाई तालिम दिएर पहिलो पटक समुदाय विपद् स्वयंसेवक तयार गरेको हो । सशस्त्र प्रहरी–बल नेपाल नम्बर ४२ रिजर्भ गण हेडक्वार्टर शमशेरगन्जले २५ जना युवालाई तालिम दिएर […]

बाँके । यान्त्रिक तथा मनसुनजन्य सवारी दुर्घटना न्यूनीकरणका लागि सवारी चालकहरुलाई सचेतना गराइएको छ । बाँके कोहलपुर नगरपालिका वडा नं ११ स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके तथा तायात ब्यबस्था कार्यालय नेपालगंज बाँकेको आयोजना र इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेको सहकार्यमा सचेतना कार्यक्रम गरिएको हो । यातायात व्यबस्था कार्यालय नेपालगञ्ज बाँकेका कार्यालय प्रमुख श्री रमेश […]

काठमाडौं, ११ असार- रूपन्देही, रोहिणी गाउँपालिका-६ बोधवार बस्ने राज घर्तीकी छोरी ४ वर्षीया अनाया घर्ती र सोही ठाउँ बस्ने राज किश्वर घर्तीको छोरो ६ वर्षीय शुभम घर्तीको सोही ठाउँस्थित पोखरीमा डुबेर मंगलबार दिउँसो मृत्यु भएको छ । रौतहट, चन्द्रपुर नगरपालिका-१० बिनुवा टोल बस्ने गमिरा साहको छोरा १ वर्षीय रन्जे साह र सोही ठाउँ बस्ने जगदिश […]

  डुडुवा (बाँके) ११ असार । डुडुवा गाउँपालिकाले नयाँ आर्थिक वर्ष २०८२।०८३ को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाको आज मंगलबार बसेको १८औं गाउँसभाले दुई वटा विधियेक, निति तथा कार्यक्रम र रु ५६ करोड १६ लाख ८ हजारको प्रस्तावित बजेट सार्वजनिक गरेको हो । गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले शिक्षा, स्वास्थ्य, कृषि, […]

FILE PHOTO बर्दिया — बढैयाताल गाउँपालिका–६ उच्चागाउँमा भे १ त ६०८२ नम्बरको ट्रलीसहित काठ बरामद भएको छ । उक्त ट्र्याक्टरमा १ सय २९ दशमलव ५७ क्युफिट सालको चिरानी काठ बरामद गरिएको प्रहरीले जनाएको छ । चिरानी काठ १३ लाख ५ सय ६५ रुपैयाँको मूल्य बराबरको रहेको अनुमान छ । बरामद काठ र ट्र्याक्टर आवश्यक कारबाहीका […]

बुटवल । जनमत पार्टीकी लुम्बिनी प्रदेशसभा सदस्य सुमन शर्मा रायमाझीविरूद्ध जारी भएको पक्राउ पुर्जी हालसम्म जिल्ला प्रहरी कार्यालय बर्दियामा नआएको पाइएको छ । जिल्ला अदालत पर्साबाट रायमाझीविरुद्ध जेठ १६ गते नै पक्राउ पुर्जी जारी भएको थियो । पर्साको पोखरिया बस्ने आशा कुमारी चौहानले बैङ्किङ कसुरमा उनी विरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएकी थिइन् । […]

  पाल्पा/ईकान्तिपुर — पाल्पाको रामपुर नगरपालिकाले दुई भन्दा बढी सन्तान जन्माउने परिवारलाई मासिक ५ सय भत्ता दिने भएको छ । आर्थिक वर्ष २०८२/८३ देखि तीन वा तीन भन्दा बढी सन्तान जन्माउने परिवारलाई मासिक भत्ता दिने भएको हो ।   ‘नगरपालिकाका गाउँघरमा जन्मदर कम हुँदै गएको भन्ने निष्कर्षमा पुगेपछि यस्तो निर्णय गरेको हो,’ रामपुर नगरपालिकाका नगरप्रमुख […]

  बर्दिया । बैकि बैंकिङ कसुर मुद्दामा लुम्बिनी प्रदेशसभा सदस्य रायमाझीविरुद्ध पर्सा प्रहरीले पक्राउ पुर्जि जारी गरेको छ । उनलाई पक्राउ गर्न बर्दिया प्रहरीलाई पर्सा प्रहरीले पत्र लेखिसकेको छ । प्रहरीका अनुसार हाल उनी रहेकी छिन्। प्रहरी स्रोतका अनुसार पर्साकी आशा कुमारी चौहानले बैंकिङ कसुर मुद्दामा उजुरी दिएकी हुन । उनले साढे ५ लाख रुपैयाँ […]

रूपन्देही, ६ असार सैनामैना नगरपालिका-५ बुद्धनगरस्थित तुलबुलिया खोलामा डुबेर सोही ठाउँ बस्ने ८ वर्षीय लक्ष्मण थारू र शुद्धोधन गाउँपालिका-३ बस्ने ७ वर्षीय यमराज थारूको बिहीबार साँझ मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।