नेपालगन्ज । किसानलाई गहुँ छर्ने चटारो भइरहेका बेला बाँके र बर्दियामा मलको चरम अभाव सृजना भएको छ । मल किन्न नपाउँदा यहाँका किसान भारतबाट चोरी गरेर ल्याएको मल प्रयोग गरेका छन् । तस्करीको मल पनि पाउँन मुस्किल हुँदा कतिपय किसानले गहुँ छर्न सकेका छैनन् । भारतबात तस्करी गरि ल्याएको मल प्रहरीले पक्राउ गर्दा किसान दोहोरो […]
बर्दिया — हिउँद लागेपछि कर्णाली नदीको भंगालो गेरुवा नदीमा पानी सुक्दै गएको छ । गेरुवा नदीमा तीव्र गतिमा बग्ने गरेको पानी ८ वर्षयता सुक्दै गएपछि बर्दिया राष्ट्रिय निकुञ्जका गैंडालगायत वन्यजन्तु पलायन हुन थालेका छन् । करिब २ दशकअघिसम्म बाह्रै महिना बेगले बग्ने गेरुवा नदीमा पानी विस्तारै सुक्दै गएको छ । गैंडाका लागि प्रशस्त आहालसमेत नभएपछि […]
नवलपरासी/ईकान्तिपुर — पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तरगत बुटवल-नारायणगढ खण्डकाे दाउन्नेमा गएराति यातायात अवरुद्ध बनेकाे छ । सडक निर्माणमा संलग्न चिनियाँ ठेकेदार कम्पनीकाे लापरवाहीले राजमार्ग १२ घण्टादेखि अवरुद्ध भएकाे हाे । दाउन्ने क्षेत्रमा खटिएका प्रहरी निरिक्षक थमनसिंह रानाका अनुसार विश्कर्मा मन्दिरनजिक कल्भर्ट निर्माण गर्न खनेको धुलाम्ये सडकमा ठेकेदारले पानी हालेका कारण चिप्लाेमा गाडी उक्लन नसकेर राजमार्ग अवरुद्ध […]
बाँके । गएको भदौ २४ उच्च अदालत तुलसीपुर, इजलास नेपालगन्जमा आगजनी, तोडफोड, लुटपाट तथा चोरी गरेको आरोपमा बाँके प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेपालगन्जका रवि कुमार वैश्य, बल्लु गोडिया,गंगा सागर वर्मा, मोहम्मद ताहिर हलवाई, एशन राज सिद्दिकी र ओमराज सोनी रहेको प्रहरीले जनाएको छ । उनीहरुहरुबिरुद्ध अपराधिक उपद्रवसम्बन्धी कसूरको अभियोग छ । […]
बर्दिया । जेनजी आन्दोलनपछि घोषणा भएको प्रतिनिधिसभाको निर्वाचनको मिति नजिकिँदै गर्दा सुरक्षा अधिकारीहरु जिल्लाका राजनीतिक दलहरुसंग छलफलमा जुटेका छन् । त्यस्तै, जिल्लाका निर्वाचन केन्द्रहरुको अवस्थाबारे जानकारी लिन थालिएको छ । पश्चिम तराईका सुरक्षा अधिकारीहरु अगामि निर्वाचन लक्षित छलफलमा जुटेका छन् । बाँकेका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङले मतदानस्थल र मतदान केन्द्रहरुको सुरक्षा दृष्टिकोणलेउसमग्र अवस्था […]
राँझा (बाँके) । बाँकेमा निर्माणाधीन अवस्थामा रहेको हुलाकी सडक पूर्वपश्चिम राजमार्गको सहज वैकल्पिक मार्गका रूपमा प्रयोग हुन थालेको छ । हुलाकी सडकअन्तर्गत राप्तीसोनारी गाउँपालिका–६ कुण्डाचोकदेखि अगैयासम्म जोड्ने हुलाकी सडकमा सवारीसाधनको चहलपहल उल्लेख्य रूपमा बढ्दै गएको छ । विशेषगरी नेपालगञ्जबाट दाङतर्फ आवतजावत गर्ने यात्रुले अहिले यसै मार्गलाई प्राथमिकता दिन थालेका छन् । नेपालगञ्जबाट कोहलपुर हुँदै पूर्वपश्चिम […]
बाँके- नेपालगंज उपमहानगरपालिका-१० स्थित कृष्ण कटेजबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६१ ग्राम ४ सय ८० मिलिग्राम सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-४ बस्ने २२ वर्षीय सहिल शेष र सोही उपमहानगरपालिका-२ बस्ने १८ वर्षीय किशोर रहेका छन् । जिल्ला प्रहरी कार्यायल बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त […]
बाँके- नेपालगंज उपमहानगरपालिका-१३ बुलबुले लाहुरे पथबाट अवैध लागूऔषधब्राउनसुगर जस्तो देखिने पदार्थ ७ ग्राम ७ सय ६० मिलिग्राम, २ थान मोबाइल र डिजिटल तराजु १ थान सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-९ बस्ने ३९ वर्षीय नरेश खटिक र सुर्खेत गुर्भाकोट नगरपालिका-७ बस्ने २३ वर्षीयासुनिता परियार रहेका छन् । […]
बाँके/ रासस । नेपालगन्ज सहरको व्यस्तता र आयातित तरकारीको भीडमा बाँके र बर्दियाका ग्रामीण भेगका थारु महिलाले उत्पादन गरेको अर्ग्यानिक तरकारी फरक पहिचान र स्वाद बोकेर आएको छ । थारु महिलाको मिहिनेतले उत्पादन भएको यो ताजा उपजले अहिले नेपालगन्जवासीलाई मात्रै लोभ्याएको छैन, महिला सशक्तीकरण र आत्मनिर्भरताको सुन्दर उदाहरण पनि प्रस्तुत गरेको छ । प्रत्येक दिन […]
नेपालगन्ज- बढैयाताल गाउँपालिका वडा न. ४ की सरिता सुनारलाई सुत्केरी ब्यथा लागेपछि उनका परिवारले अटो चालकलाई खबर गरे । गाउँकै भएकाले छिनभरमै अटो उनको घर पुग्यो । अटो चालकले प्रसुतीका लागि करिव ५ किलो मिटर दुरी प्राथमिक स्वास्थ्य केन्द्र सोरहवामा पु¥याई दिए । अटो चालक त्रिलोकी पासीले सरितजस्तै दर्जनौ महिलालाई सुत्केरी ब्यथा लागेका महिलालाई अस्पताल […]











