२८ फागुन , बढैयाताल , बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्बर ५ लाई बाल विवाह वडा घोषणा गरिएको छ । समृद्ध बयैयाताल हाम्रो शान ः बाल विवाह मुक्त अभियान भन्ने मुल नाराका साथ बढैयाताल गाउँपालिका ५ नम्बर वडा कार्यालयको आयोजनामा आईतवार वडा लाई बाल विवाह मुक्त वडा घोषणा गरिएको हो । बाल विवाह बिरुद्ध काम गर्ने […]
नेपालगन्ज। भारतीय दलालसँग मिलेर नेपाली दलालले नेपाली युवतीलाई राम्रो रोजगारीको प्रलोभनमा पारेर सीमा कटाई भारतमा जोखिमपूर्ण काममा लगाउने वा बेचबिखन गर्ने गरिएको पाइएको छ । यसअघिसम्म मुख्य नाकाबाट नेपाली युवतीलाई सीमा पार गराउने गरिएकोमा मुख्य नाकामा कडाइ गरिएपछि अन्य विभिन्न नाकाबाट यस्तो काम भएको पाइएको हो । मानव बेचबिखनका लागि निकै संवेदनशील मानिएको बाँकेको पूर्वी सीमा […]
२५ फागुन बढैयाताल , बढैयातालका युवा द्वारा किशोर किशोरी तथा युवाको लागि नमुना योजना निमार्ण गरेका छन् । सरकार द्वारा संचालन हुने बिकासका योजनामा अर्थपुर्ण सहभागिताको सुनिश्चितता र सेवा सुविधामा पहुँच अभिबृद्धी गर्न लागि बढैयातालका युवाले बार्षिक नमुना योजना बनाएका हुन् । प्लान इन्टरनेसनल नेपालको साझेदारीमा बाँके युनेस्को क्लबले आयोजना गरेको कार्यक्रममा युवा सहभागिता […]
नेपालगन्ज । अखिल नेपाल महिला सङ्घ बाँकेले ११४ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा भेरी अस्पतालका ६५ जना सुत्केरी महिलालाई पौष्टिक आहार वितरण गरेको छ। अखिल नेपाल महिला सङ्घ बाँकेले सुत्केरीहरूलाई पौष्टिक आहार आवश्यक पर्ने भएकाले भेरी अस्पतालमा रहेका सुत्केरी महिलाहरूलाई पौष्टिक आहार वितरण गरिएको अखिल नेपाल महिला सङ्घ बाँकेकी संयोजक मिना ढकालले बताउनुभयो । […]
२५ ,फागुन जनशक्ति विकास समाज बढैयाताल बर्दियाले बिबिध कार्यक्रमको आयोजना गर्दै ११४ औ अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाएको छ । जनशक्ति विकास समाजले द डेप्लोमेन्ट फन्डको सहयोगमा र सहकर्मी समाजको समन्वयमा बिहिवार बिबिध कार्यक्रमको साथ ११४ औ अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाएको हो । समाजले दिवसको अवसरमा समाजका सस्थापक सदस्य कमला समापकोटा, फुलमायाँ थारु […]
दलबहादुर सुनार २४ फागुन बर्दिया , मानझुण्डी सामुदायिक वन उपभोक्ता समुहको १६ औं बार्षिक साधरण सभा तथा सार्वजनिक सुनुवाई कार्यक्रम बिहिवार सम्पन्न भएको छ । मानझुण्डी सामुदायिक वन उपभोक्ता समुह बढैयाताल ३ भोलागौडीको १६ औ साधरण सभामा आ.ब.२०७९÷०८० देखि चालु आ.व २०८० माघ महिना सम्मको आर्थिक तथा सामाजिक गतिबिधिको सार्वजनिक सुनुवाई गर्दै सभाको खुल्ला शत्र […]
नेपालगन्ज । बाँकेको दुई गाउँपालिकालाई जिल्ला सदरमुकाम नेपालगन्जसँग जोड्ने राप्ती नदीको सिधनिया घाटस्थित हुलाकी राजमार्गमा सात सय मिटर लामो पुल निर्माण सुरु गरिएको छ । नेपालगन्ज–बघौडा हुलाकी सडकको सिधनियाघाटमा हाल प्रयोगमा रहेको पुल निकै साँघुरो र सानो समेत रहेकोले वर्षा र बाढीको समयमा आवागमन ठप्प हुने र अन्य समयमा समेत आवागमनमा समस्या हुने भएकोले […]
दलबहादुर सुनार २२ फागुन , बर्दियाको बढैयातालमा बाल विवाह सम्बन्धी राष्ट्रिय रणनीति कार्यान्वयको अवस्थाका बारेमा छलफल गरिएको छ । बढैयातालको मैनापोखरमा राष्ट्रिय रणनीति कार्यान्वयको अवस्था र कानुनी प्रावधान सम्बन्धी मंगलवार पालिका स्तरीय बाल अधिकार समिति र न्यायिक समिति संग छलफल गरिएको हो । बढैयाताल गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारीको अध्यक्षतामा गल्स गेट इक्वलः बाल विवाह […]
बाँके,/ नेपालगंज उपमहानगरपालिका-१८ स्थित सडकमा लु.२ ख २१४२ नम्बरको बसले युपी ४० एजे ७२३३ नम्बरको मोटरसाइकललाई सोमबार राति ठक्कर दिँदा मोटरसाइकल चालक भारत उत्तर प्रदेश घर भएका २० वर्षीय अनिल कुमारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नर्सिङ होम नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ […]
बाँके। राष्ट्रिय गौरवको हुलाकी सडक आयोजना अन्तर्गत निर्माणाधीन नेपालगन्ज–गुलरिया सडक खण्डको कालोपत्रेको काम सुरु भएको छ । नेपालगन्जको नन्दनी मिलदेखि एकतर्फी सडक कालोपत्रेको काम सुरु भएको हो । निर्माण कम्पनी शर्मा एण्ड कम्पनीका प्रबन्ध निर्देशक रमेश शर्माले समयमै बजेट व्यवस्थापन हुन सकेमा आगामी एक वर्षभित्र सम्पूर्ण काम पुरा हुने बताउनुभयो । शर्माले भन्नुभयो, “यस […]










