काठमाडौँ /ईकान्तिपुर — बबई नदी कटान र बाढी न्यूनीकरणका लागि ०७४ सालमा स्थापना भएको बबई, भादा, औराही नदी व्यवस्थापन आयोजना, गुलरियाको कार्यालय साउन १ गतेदेखि डडेलधुरा स्थानान्तरण भएको छ । अब यो कार्यालय डडेलधुरामा सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाका नामबाट सञ्चालनमा आउनेछ । बर्दियामा २६ प्रतिशत काम बाँकी रहँदा यो कार्यालय डडेलधुरा सार्न लागिएको हो […]
बर्दिया/ईकान्तिपुर — बर्खा लागेपछि सडक पूर्वाधार विकास कार्यालयले सडक टालटुलको काम सुरु गरेको छ । गणेशपुर–लक्ष्मणा सडक खण्ड बाँसगढी नगरपालिका–७ स्थित सडक पूर्वाधारले सडक टालटुलको काम सुरु गरेको हो । बर्खाको समयमा टालटुल गरेको सडक कत्तिको टिकाउ हुने हो भनेर स्थानीयले अहिलेदेखि नै चिन्ता व्यक्त गरेका छन् । सडक टालटुलमा त्रुटि भएको स्थानीयको भनाइ छ […]
कोहलपुर। बाँकेको कोहलपुरमा प्रहरीले जनगर्जन नेटवर्क प्रा.लि।. अध्यक्ष एवं सञ्चालक मनबहादुर देउवालाई नक्कली नोट र लागुऔषधसहित पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय, कोहलपुरको टोलीले उक्त कम्पनी अन्तरगत चलेको जनगर्जन अनलाइनको कार्यालयबाटै पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालयका कोहलपुरका प्रमुख डीएसपी लक्ष्मी खनालले देउवालाई पक्राउ गर्दा एक हजार दरका ५१ वटा नक्कली नोट र […]
दांग। प्युठानको सरुमारानी गाउँपालिका –३ गोठेरीका लिलबहादुर बरालले पुर्ब पत्नी रुक्मणी बरालको चक्कु प्रहार गरी हत्या थरेका छन् । पूर्व श्रीमान चक्कु प्रहार गरी हत्या गरेका हुन् । मङ्गलबार बिहान १० बजेरतिर रुक्मणी आफ्नी जेठानी डिला परियारको घरमा गएकी थिईन । प्रत्यक्षदर्शीका डिलाका अनुसार, लिलबहादुरले रुक्मणीलाई फोन गरी भेट्न का थिए । बोलाएका थिए। […]
काठमाडौं, ३१ असार- दाङ, बबई गाउँपालिका-५ छहरास्थित बबई नदीमा डुबेर तुलसीपुर उपमहानगरपालिका-७ भुमरे बस्ने १७ वर्षीय बिधान केसी र सोही उपमहानगरपालिका-५ बस्ने १८ वर्षीय कुशल बुढा मगरको सोमबार दिउँसो मृत्यु भएको छ । पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय हापुरे र इलाका प्रहरी कार्यालय खिलतपुरबाट खटिएको प्रहरीले स्थानीयको […]
बर्दिया, ३० असार २०८२- बर्दियाको बढैयाताल गाउँपालिका ४ बुटहा स्थित दोरहवा नालामा बनेको पुल जिर्ण बन्दै गएपछि आवतजावत् ठप्प हुने जोखिम बढेको छ । नेपालगन्ज गुलारिया हुलाकी राजमार्गमा पर्ने भोलागौढी र महेन्द्र राजमार्गमा पर्ने सीजी कम्पनी, भगरा चोक दुई राजमार्ग जोड्ने मुख्य सडक अन्र्तगत बुटहा गाउँ स्थित दोरहवा नालामा उक्त पुल पर्ने गर्दछ । पुल […]
गुलरिया। मोटरसाइकल दुर्घटनामा परी नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष कृष्णप्रसाद बस्याल (राकेश) को निधन भएको छ । उनी सवार भे १३ प ९३६७ नं को मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परी निधन भएको हो । दुर्घटनामा परी गम्भीर चोट लागेपछि उनलाई उपचारका लागि बर्दिया अस्पताल पुर्याइएको थियो । बर्दियामा उपचार सम्भव नभएपछि उनलाई शिक्षण […]
बर्दिया- बारबर्दिया नगरपालिका ६ मानपुर बस्ने गोबिन्द थारूको छोरा ९ वर्षीय गौरव थारूको सोही ठाउँस्थित खटैरा खोलामा डुबेर शनिबार साँझ मृत्यु भएको छ । पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको स्थानीय नगर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
दाङ, २९ असार- ३३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा तुलसीपुर उपमहानगरपालिका-७ भुह्यारथान डेरा गरी बस्ने रूकुम पश्चिम चौरजहारी नगरपालिका-११ घर भएका ३५ वर्षीय बिर बहादुर वलीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बिर बहादुरले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । […]
झापा, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिकास्थित मदनडाँगी-ताराबारी-डिपु सडक स्तरोन्नति आयोजनाको आज उद्घाटन गरेका छन् । विश्व बैंकको सहयोगमा नगरपालिकाको गौरवको आयोजनाका रूपमा रहेकोे सो सडक नेपालभरका १७ सडकमध्ये छानिएको एक हो । ४४ करोड २४ लाख लागतमा निर्मित ४.८६ किमी सो सडक समयमै सम्पन्न भएको नमूना आयोजना मानिन्छ […]











