नेपालगन्ज, वैशाख २९ गते । जिल्ला प्रहरी कार्यालय बाँकेले लामो समयदेखि मोटरसाइकल चोरी गर्ने एक गिरोहलाई पक्राउ गरेको छ । गत केही समययता नेपालगन्ज र सो वरिपरिका स्थानहरूबाट बारम्बार मोटरसाइकलहरू चोरी हुन थालेपछि प्रहरीले विशेष टोली परिचालन गरेर सो बारेमा खोजी कार्य जारी राखेको थियो । मोटरसाइकल चोरी गर्ने चार जनालाई मोटरसाइकल सहित पक्राउ गरिएको […]

  नेपालगन्ज । बाँकेको नेपालगन्ज उपमहानगरपालिका उपप्रमुख तथा जसपाका बाँकेका अध्यक्ष कमरुद्दिन राईले उपेन्द्र यादब नेतृत्वको जनता समाजवादी पार्टी, नेपालमै रहेको बताएका छ्न । उपप्रमुख राईले एक विज्ञप्ति जारी गर्दै आफू पार्टी विभाजनको पक्षमा नरहेको जनाएका छ्न । संसद अधिवेशन आह्वान भैसकेको अवस्थामा दल विभाजनसमबन्धी अध्यादेश खारेज भएको अवस्थामा गरिएको पार्टी विभाजन र दर्ता अवैधानिक […]

नेपालगन्ज, वैशाख २८ गते । नेपाल बार एशोसियसनमा आबद्ध कानुन व्यवसायी र अधिकारकर्मीले बाँकेको नौवस्तामा रहेको बालसुधार गृह र कारागार कार्यालयको अनुगमन गरेका छन् । एडभोकेसी फोरमका प्रदेश संयोजक अधिवक्ता वपसन्त गौतम, उच्च अदालत बार एशोसिएसनका अध्यक्ष अधिवक्ता चित्रबहादुर शाही, बाँके जिल्ला बारका अध्यक्ष महेरसिंह खत्री र अधिवक्ता वीरेन्द्रबहादुर बस्नेतले संयुक्त रूपमा बालसुधार गृह र […]

काठमाडौं । लागुऔषध कारोबारी पक्राउ गर्न बाँके प्रहरीले कोहलपुर नगरपालिका १२ चप्पलगौडी बस्ने २६ वर्षीय सुशील परियारलाई गोली प्रहार गरी पक्राउ गरेको छ । त्यसैगरी सोही ठाउँका २७ वर्षीय प्रमोद कार्की पनि पक्राउ परेका छन् । उनीहरुको साथबाट ११० ग्राम ब्राउन सुगर बरामद भएको छ । प्रहरी स्रोतका अनुसार लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले गोली […]

२६ बैसाख ,बढैयाताल समुदायमा स्तरमा बालबिवाह यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सचेतना गरिएको छ । बाँके यूनेस्को क्लबको आयोजनामा तथा नागरिक समाज सञ्जाल बढैयातालको समन्वयमा बढैयाताल गाउँपालिकाको वडा नम्बर ८ को मयुरबस्ती र वडा नम्बर ९ को मुनालवस्तीमा सचेतना गरिएको हो । बालबिवाह न्यूनिकरण र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी स्तरमा सचेतना जगाउने उद्देश्यले आयोजना […]

  नवलपरासी (बर्दघाट सुस्तापश्चिम) । पश्चिम नवलपरासीमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको सुस्ता गाउँपालिका-५ स्थित तरैनी बस्ने २९ वर्षीय पुनम कोइरीको चट्याङ लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ । मङ्गलबार बिहान ११ बजे चलेको हुरीबतासको समयमा उनी बगैंचातिर गएको समयमा चट्याङ लागेको प्रहरी निरीक्षक श्यामप्रकाश यादवले बताए । […]

२६ बैसाख , बर्दियाको बढैयातालमा सञ्चालित विपद जोखिम ब्यवस्थापन तालिमका सहभागि लाई प्रमाण पत्र वितरण गरिएको छ । बाँके यूनेस्को क्लबको बालिका सशक्त परियोजनाको आयोजनामा जलवायू परिवर्तन विपद जोखिम ब्यवस्थापन तथा आधारभूत मानविय मापदण्ड सहायता सम्बन्धी ५दिने क्षमता विकास तालमिका २४ जना सहभागि र दुइ जना प्रशिक्षकलाई प्रमाण पत्र प्रदान गरिएको हो । बढैयातालको मैनापोखरमा […]

  २५ बैसाख पाँचौ बर्दिया जिल्ला पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगिता २०८० को सार्वजनिक सुनुवाई गरिएको छ ।   कालिका सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्र बढैयाताल ८ स्याउलीबजार द्धारा सञ्चालित उक्त प्रतियोगिताको सार्वजनिक सुनुवाई गरेको हो । पुूतकालयले मंगलवार एक कार्यक्रमको आयोजना गरि पुस्तकालय द्धारा २०८० चैत्र २९ गते देखि २०८१ बैसाख ८ गते […]

२५ बैसाख बढैयाताल , नेपाल पूर्व प्रहरी संगठन बढैयातालको अध्यक्षमा पुर्व प्रहरी नायब निरिक्षक दामोदर अधिकारी सर्व सम्बत निर्वाचित भएका छन् । बढैयाताल गाउँपालिका उपाध्यक्ष लक्ष्मी अधिकारीको प्रमुख आतिथ्यमा भएको तेश्रो साधरण सभा वाट अधिकारी अध्यक्षमा सर्वसम्मत  चयन भएका हुन् । आज मंगलवार बढैयाताल गाउँपालिका ६ न वडा कार्यालयको सभाहलमा भएको साधरण सभावाट ९ सदस्य […]

नेपालगन्ज, वैशाख २५ गते । बाँकेको कोहलपुरमा रहेको नापी र मालपोत कार्यालयबाट ६ जना बिचौलियालाई पक्राउ गरिएको छ । कोहलपुरको नापी र मालपोत कार्यालयमा बिचौलियाहरुको निकै चलखेल भइरहेको भन्ने जनगुनासो प्राप्त भएपछि जिल्लाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलको नेतृत्वमा गएको सुरक्षा निकायसहितको टोलीले नापी र मालपोत कार्यालयको अनुगमन गर्दा ६ जना बिचौलियालाई पक्राउ गरेको इलाका […]