बर्दिया — बर्दिया प्रहरीले मधुवन नगरपालिका–७ का लोकबहादुर भण्डारीको घरबाट ३ सय ४० ग्राम ब्राउन सुगर बरामद गरेको छ । लागूऔषध बिक्री भइरहेकोचनाका आधारमा खानतलासी गर्दा प्रहरीले ब्राउन सुगर फेला पारेको हो । प्रहरीले २१ वर्षीय सागर आलेलाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय ढोढरीले यस घटनाबारे अनुसन्धान गरिरहेको छ ।
दाङ/ सल्यानमा कुटपिट गरी एक युवकको हत्या भएको छ। घटनामा संलग्न आरोपितमध्ये ११ जना पक्राउ परेका छन्। जिल्लाको कुमाख गाउँपालिका– ६ का २१ वर्षीय विकास वलीको स्थानीय युवाको कुटपिटबाट मृत्यु भएको थियो। जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख (डिएसपी) नवीन कार्कीका अनुसार गत मंगलबार राति सामान्य विवादको विषयमा भलिबल खेलेर आएका ११ जना जना […]
कपिलवस्तु । कपिलवस्तु नगरपालिका वडा नं ४ मालपराका विनीत मिश्रको अपहरण आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले उनको आठ घण्टापछि बुटवलबाट सकुशल उद्धार गरेको हो । प्रहरी उपरीक्षक नवरत्न पौडेलका अनुसार अपहरणको आरोपमा पाँच जना जनालाई पक्राउ गरिएको बताए । घटना बारे थप अनुसन्धान भइरहेको उनको भनाई छ ।
१३ बैसाख बढैयाताल सकारात्मक तथा नकारात्मक यौनिककता सम्बन्धी अन्तरपुस्ता सम्वाद कार्यक्रम बढैयातालको टेशनपुरमा गरिएको छ । प्लान नेपालको सहयोगमा बाँके यूनेस्को क्लबको सशक्त परियोजनाको आयोजनामा सकारात्मक यौनिकता तथा यौनिकता बारे नकारात्मक धाराणाका बिषयमा अन्तरपूस्ता संवाद कार्यक्रम गरिएको हो । कार्यक्रमकाे उद्देश्य र परियाेजनाकाे बारेमा जानकारी गराउदै परियाेजनाका फिल्ड सुपरभाइजर राम बहादुर थारूले भने बालबालिका […]
नेपालगञ्ज, वैशाख १३ गते । प्रशस्त उत्पादन हुने जानकारी अगुवा किसानबाट पाएपछि बाँकेका किसान चैते धानप्रति आकर्षित भएका छन् । सिँचाइ सुविधा भएको जिल्लाको राप्तीसोनारी, बैजनाथ, डुडुवा गाउँपालिकाका किसान चैते धानप्रति आकर्षित भएका हुन् । पहिलोपटक चैते धानको खेती गर्नुभएकी बैजनाथ गाउँपालिका–६ की किसान गीता खत्रीले चैते धानको खेतीमा धमिरो लागने गरेको अनुभव सुनाउँदै […]
मिति २०८१।०१।१२ गते जिल्ला बाँके नेपालगंज उ.म.न.पा.१६ जयसपुर स्थित यस कार्यालयबाट खटिएको प्रहरी टोलिले गस्ती गर्दै जाने क्रममा भारत बाट भन्सार छलि,चोरी, पैठरी गरी ल्याई थुपारी राखेका निम्न सामानहरु फेला पारी बरामद गरी आवश्यक कारवाहीको लागि भन्सार कार्यालय नेपालगंज बाँकेमा पठाइएको । 1) बच्चाको जुत्ता १६८ जोर अन्दाजी मुल्य रु.१,१७,६००।– 2) लेडिज मोजा २,००० जोर […]
नेपालगन्ज —बाँकेको कोहलपुर नगरपालिकाले आधारभूत तह कक्षा ८ को परीक्षा सञ्चालन र नतिजा प्रकाशनमा अनियमितता गरेको पुष्टि भएपछि शिक्षा शाखा प्रमुखसहित एक दर्जनलाई कारबाही सिफारिस गरेको छ । शिक्षा शाखा प्रमुख रामबहादुर हमाल, अधिकृत रविलाल मिजार, प्राविधिक सहायक बलबहादुर नेपाली र कार्यालय सहयोगी भरत थारुलाई दोषी ठहर गरी कारबाहीका लागि सिफारिस गरिएको हो । मिजारलाई […]
नेपालगन्ज । उद्घाटन भएको करिब एक वर्षपछि भारत सरकारले नेपालगन्जमा निर्माण गरिएको एकीकृत जाँच चौकी (आइसीपी) नेपाललाई हस्तान्तरण गरेको छ । गत जेठ २० गते नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमण गरेको बेला भारतको नयाँ दिल्लीबाट दुबै देशका प्रधानमन्त्रीहरु नरेन्द्र मोदी र प्रचण्डले सो आइसीपीको संयुक्त रूपमा उद्घाटन गर्नु भएको थियो । तर, […]
नेपालगन्ज । गर्मि बढेसंगै बर्दिया जिल्लामा रहेको निकुन्ज, सामुदायिक बन र सरकारि बनको ८० स्थानमा डढेलो लागेको छ । आगलागीमा करोडौंको क्षति भएको छ । मानबिय लापरबाहीका कारण आगलागिका घटना बढेको हो । आइतबार साँझसम्म लुम्बिनी प्रदेशको ११ हजार ४ सय ४८ हेक्टर वनमा डढेलो लागेको वन, वातावरण, पर्यटन तथा खानेपानी मन्त्रालयले जनाएको छ । […]












