दैलेख । चौध वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा शुक्रबार दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–३, पानीखोलाका २५ वर्षीय भक्तिराम कँडेललाई जिल्ला प्रहरी कार्यालय, सुर्खेतले पक्राउ गरेको छ। भक्तिरामविरूद्ध बालिकाका अभिभावकले जाहेरी दिएका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) लक्ष्मणबहादुर शाहीका अनुसार गत भदौ ३० गते बालिकालाई अपहरण शैलीमा काँक्रेबिहारको जंगलमा पुर्‍याएर मार्ने धम्की दिई […]

२०८० असोज ०९ गते (मंगलबार) दिउँसोः देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। राती: देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका एक […]

  काठमाडौं । दशरथ रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा नेपालले माल्दिभ्सलाई हराउँदै नेपाल साफ यू–१९ च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ । सेमिफाइनलमा माल्दिभ्सलाई ४।१ गोलले हराएको नेपालले अब भुटान वा भारतसँग खेल्ने छ । नेपाललाई जिताउन प्रशान्त लक्सम, समीर तामाङ र निराजन धामीले गोल गरे । यस्तै २९ मिनेटमा समीरले निराजन धामीको थ्रो पासमा गोल गर्दै नेपालको […]

  मृतक चेतनकी श्रीमती भारती। मृतक चेतनकी भारती मानन्धरलाई केही दिनअघिसम्म राजनीतिबारे कुनै चासो थिएन। राष्ट्रपति होस् या प्रधानमन्त्री; कुन नेता के गर्दैछन्, के भन्दैछन्; उनलाई कुनै वास्ता हुन्थेन। पछिल्लो संविधान दिवसको एउटा घटनाले भने भारतीलाई विक्षिप्त बनाएको छ। त्यस दिन उनलाई आफन्तहरूले केही समाचार पठाएका थिए। भारतीले जसै ती समाचार पढिन्, उनको होस उड्यो। […]

तस्बिर साभार: इसरो।तस्बिर साभार: इसरो। नेपालगन्ज । भारतले चन्द्रमाको अन्वेषण गर्न चन्द्रयान ३ मा राखेर पठाएका विक्रम ल्यान्डर प्रज्ञान रोभर सम्पर्कविहीन भएका छन्। इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन (इसरो) का अनुसार सेप्टेम्बर २ देखि विक्रम र प्रज्ञानलाई ‘स्लिप मोड’ मा राखिएको थियो। चन्द्रमामा रात परेपछि इसरोले विक्रम र प्रज्ञानको ऊर्जा बचत गर्न स्लिप मोडमा पठाएको थियो। […]

तस्बिर स्रोत: इन्द्रराज भट्टराई।तस्बिर स्रोत: इन्द्रराज भट्टराई। नेपालगन्ज । तीन महिनाअघि कामको शिलशिलामा भारतमा पुर्‍याइएका सुर्खेतका १८ र २३ वर्षीया युवतीलाई शनिबार नेपाल ल्याइएको छ । केआइएन इन्डियाको नेपाल संयोजक इन्द्रराज भट्टराईका अनुसार उनीहरूलाई गाउँकै दिदी पर्ने एक महिलाले राम्रो काम लगाइदिन्छु भन्दै दिल्ली पुर्‍याइएकी थिइन्। ुतीन दिन घरको काममा लगाएपछि जबरजस्ती यौन व्यवसायमा संलग्न […]

बर्दिया — गत भदौ १७ गते बिहान जिल्ला कारागार, बर्दियाबाट फरार भएका कैदी बन्दी टोपे भनिने अजित बुढाक्षेत्री फरार भएको घटनाको सम्बन्धमा छानबिन टोलीले जेलर सन्तोष विकलाई कारबाहीको लागि सिफारिस गरेको छ । ईकान्तिपुरका  अनुसार यसका साथै त्यस दिन खटिएका कारागारका सुरक्षा प्रमुखसहितका प्रहरीहरूलाई छानबिनका लागि जिल्ला प्रहरी कार्यालयमा तानिएको छ । प्रमुख जिल्ला अधिकारी नारायण […]

  बर्दिया — मधुवन नगरपालिका-३ एकता सामुदायिक वनमा माटो खन्ने क्रममा ढिस्को खस्दा पुरिएर स्थानीय ६० वर्षीय भदैया थारुको मृत्यु भएको छ । शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।      

  दाङ । दाङ तुलसीपुर उपमहानगरपालिका- ११ बेलटाकुराकी भगवती टोलकी अन्दाजी ४३ वर्षीया रीता लामिछानेको खुकुरी प्रहारबाट मृत्यु भएको छ । अन्य दुईजना घाइते भएका छन् । शनिबार दिउँसो साढे २ बजे स्थानीय टेकबहादुर हमालको खुकुरी प्रहारबाट उनको मृत्यु भएको प्रहरीले जनाएको छ । आफ्नै घर अगाडि रहेका बेला लामिछानेमाथि खुकुरी प्रहार भएको र घटनास्थलमै […]

नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिका ६ मा रहेको बाल सुधार गृहमा दुई समूहको झडपपछ  तनाव परिस्थिति नियन्त्रणमा  आए पनि  ४ जना शुक्रबार साँझ अबेरसम्म सम्पर्कमा आएका छैनन्।  झडपपछि बालसुधार तोडफोड गरि भगेका  ३० जना मध्य ४ जना  सम्पर्कमा नआएका हुन । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी नारायण डाँगीका अनुसार बिहीबार राति आन्तरिक विषयमा झडप […]