नेपालगन्ज । नेपालगन्जस्थित पुरानो र जीर्ण कारागारमा कैदीबन्दी राख्ने स्थान अभाव भएपछि बाँकेको नौवस्तामा नवनिर्मित नयाँ कारागारमा कैदीबन्दी तयारी सुरु भएको छ । नेपालगन्ज कारागारमा क्षमताभन्दा तेब्बरभन्दा बढी कैदी राख्नु पर्ने बाध्यता छ । नौबास्तास्थित कारागार ५० करोडभन्दा बढी रकम खर्च गरेर निर्माण गरिएको हो । नौवस्ता कारागारको एउटा खण्डलाई बाल सुधारगृह बनाएर केही समयअघि […]

  काठमाडौँ । रिक्त रहेको राष्ट्रियसभा सदस्यका लागि निर्वाचनमा सातै प्रदेशमा मतदान सुरु भएको छ । निर्वाचन सम्पन्न भएर आज नै मतपरिणाम आउन सक्ने निर्वाचन आयोगले जनाएको छ । फागुन २१ गतेबाट रिक्त हुने दुई जना राष्ट्रिय सभा सदस्य पदका लागि जारी निर्वाचनमा गठबन्धन दलको तर्फबाट दुई र नेकपा एमालेबाट दुई र राष्ट्रिय प्रजातन्त्र पार्टी […]

नेपालगन्ज । सरकारले सार्वजनिकस्थलमा सुर्तिजन्य बस्तुको प्रयोगमा रोक लगाएको कानुन बाँकेमा कार्यान्वयन हुनसकेको छैन । सुर्तिजन्य बस्तुको प्रयोग नियन्त्रणका लागि यसअघि पटकपटक प्रयास हुँदै आएको थियो । अभियान सुरु हुने रोकिने गरेको छ । सरकारले सार्वजनिकस्थलमा धुम्रपान गर्न नपाउने गरि ऐन ल्याएको हो । ऐनले सार्वजनिक स्थलमा सुर्तिजन्य बस्तुको प्रयोग गर्नमा रोक लगाउनुको साथै नाबालक […]

    काठमाडौँ, माघ १० गते । दक्षिण अफ्रिकामा जारी आईसीसी यु–१९ विश्वकप क्रिकेटको १५ औँ संस्करणमा बुधवार नेपालले पाकिस्तानसंग भिड्दै छ । नेपाली समयअनुसार दिउँसो पौने २ बजे खेल सुरु हुनेछ । जारी प्रतियोगितामा नेपालको यो दोस्रो खेल हो । यसअघि आफ्नो पहिलो खेलमा नेपाल न्युजिल्याण्डसँग ६४ रनले पराजित भएको थियो ।

खजुरा। कोहलपुर नगरपालिकाले सरकारी र संस्थागत बिद्यालयका कक्षा १ देखि ५ सम्मका लागि हाम्रो कोहलपुर पाठ्यपुस्तक तयार पारेको छ । उक्त पाठ्यपुस्तक अवको शैक्षिकशत्रदेखि लागु हुने छ । उक्त पाठ्यपुस्तक सोमबार एक कार्यक्रमबिच सार्वजनीकरण गरिएको छ । कक्षा ६, ७ र ८ का लागि पनि स्थानीय पाठ्यपुस्तक तयार पारेर कार्यान्वयनमा ल्याइने बताईको छ । पुस्तकमा […]

काठमाडौँ/रासस। यही माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थासहितको सम्पूर्ण तयारी पूरा भएको छ । प्रदेशसभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखले मतदान गर्ने यस निर्वाचनमा माघ ११ गते बिहान ९ देखि अपराह्न ३ बजेसम्म सम्बन्धित प्रदेशको तोकिएका मतदानस्थल तथा मतदान केन्द्रमा मतदान हुनेछ । निर्वाचन आयोगले […]

  बीबीसी । भारतको उत्तर प्रदेश राज्यस्थित अयोध्या नगरमा बनाइएको भव्य राममन्दिरको उद्घाटनका अवसरमा आयोजित विशेष समारोहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सहभागी भए। सन् १९९२ मा हिन्दूहरूको भिडले भत्काइदिएको १६औँ शताब्दीको मस्जिदलाई त्यसले विस्थापन गरेको छ। उक्त विध्वंसपश्चात् देशभरि दङ्गा फैलिँदा झन्डै २,००० जनाको ज्यान गएको थियो। मन्दिर निर्माणले उक्त तनावग्रस्त नगरमा रामको मन्दिर बनाउने […]

नेपालगन्ज। बाँके जिल्लाको राप्तीसोनारी गाउँपालिका अन्तर्गत नयाँ निर्माण भएको हुलाकी सडकमा सवारी दुर्घटना बढ्न थालेकाे छ । सो सडकमा दुर्घटना बढ्दै गएपछि सर्वसाधारणमा सचेतना फैलाउन ट्राफिक सचेतना अभियान सुरु गरिएको हो । राप्तीसोनारी गाउँपालिका, इलाका प्रहरी कार्यालय बैजापुर धामपुर र स्थानीय रेडियो भूवर भवानीको संयुक्त प्रयासमा ट्राफिक सचेतना अभियान सुरु गरिएको हो । दुर्घटना न्यूनीकरणका […]

बाँके,/ नेपालगंज उपमहानगरपलिका-४ स्थित बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ५ ग्राम ५ सय मिलिग्रामसहित सोही उपमहानगरपालिका-४ डेरा गरी बस्ने २५ वर्षीय शुसान्त शाही समेत २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बसपार्क नेपालगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

बीबीसी । अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठामा रामको ‘ससुराली’ मान्ने गरिएको जनकपुरधामबाट श्रद्धालुसहित महन्तहरूको टोली सहभागी भइरहेको छ। अयोध्यामा प्राणप्रतिष्ठा भर्ने समारोहको सम्झनामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राम मन्दिर सम्बन्धी संस्मरणात्मक हुलाक टिकटहरू बिहीबार सार्वजनिक गरेका छन्। नेपाल फिलाटेलिक सोसाइटीका निवर्तमान अध्यक्ष शङ्कर श्रेष्ठ धार्मिक र सांस्कृतिक पक्ष जोडिएका महत्त्वपूर्ण समारोहहरूमा दुवै देशले हुलाक टिकटका […]