बबई (बर्दिया)। बर्दियाको सदरमुकाम गुलरियालाई बाढीको जोखिमबाट जोगाउन स्थापना गरिएको बबई–भादा–औरही नदी व्यवस्थापन कार्यालय बर्दियाबाट हटाइएपछि बबई नदी व्यवस्थापन कार्य अधुरै अवस्थामा रोकिएका छन् । सो कार्यालय बर्दियाबाट डडेलधुरा सारिएसँगै नदी कटान रोकथाम र तटबन्ध निर्माण जस्ता महत्वपूर्ण काम ठप्प हुँदा स्थानीयवासी फेरि उही पुरानै जोखिममा परेको गुनासो गर्न थालेका छन् । गुलरिया हुँदै बग्ने बबई […]

बाँके/रासस । खजुरा बजारमा निर्माणाधीन एक हजार ८०० मिटर चारलेन सडक विगत आठ वर्षदेखि अलपत्र अवस्थामा रहेको छ । विक्रम संवत २०७४ चैत २९ गते गजुरमुखी कन्स्ट्रक्सन कम्पनी प्रालिसँग बाँकेको खजुरा बजारमा एक हजार ८०० मिटर र बर्दियाको गुलरियामा दुई हजार २०० मिटर लम्बाइको सडक निर्माणका लागि रु २१ करोड ४९ लाखमा ठेक्का सम्झौता भएको […]

नेपालगन्ज । भारतसंग जोडिएको नेपालगन्जमा लागुऔषध दुब्र्यसनीको अवस्था भयाभव छ । हाल आएर पहाडि जिल्लामा तस्करी हुन थालेको छ,’ प्रहरी भन्छ,‘भारतमा सस्तोमा किनेर महङोमा बिक्री हुने भएकाले कारोबारी बढेको हो ।’ प्रहरीले लागुऔषध सेवन र कारोबारीको आरोपमा दैनिक १० जनासम्म बढीलाई पक्राउ गर्दै आएको छ । बाँके प्रहरीको हिरासत दैनिक दुब्यर्सनीले भरिने गरेको छ । […]

गुलरिया । बाँके बैजनाथ गाउँपालिका वडा ३ बस्ने २० वर्षीय रबिन्द्रकुमार थारू बर्दियाबाट लागुऔषध ब्राउनसुगरसहित पक्राउ परेका छ्न । भारतको सिमा नाकाबाट नेपालतर्फ साइकलमा आउँदैगर्दा बढैयाताल गाउँपालिका –२ फुटाह चेकपोष्टमा उनलाई प्रहरीले पक्रउ गरेको हो । शंकास्पद तरिकाले साइकलमा हिँडिरहेको अवस्थामा चेकजाँच गर्दा प्लाष्टिकमा पुडिया बनाएर राखेको एक ग्राम ६६० मिलिग्राम ब्राउन सुगर फेला परेको […]

  बर्दिया — बारबर्दिया नगरपालिका–११ बेलभारस्थित सामुदायिक वनमा चितुवाले आक्रमण गर्दा ५९ वर्षीय गोपी थारुको मृत्यु भएको छ । दुई जना गम्भीर घाईते भएका छन् । शुक्रबार दिउँसो घाँस काट्ने क्रममा चितुवाले आक्रमण गरेको हो । चितुवाले आक्रमणबाट जोगिन भाग्ने क्रममा स्थानीय ईन्दिरा र मनिषा दहित घाईते भएका हुन । उनीहरुको नगर अस्पताल बारबर्दियामा उपचार […]

नेपालगञ्ज /रासस। रत्न राजमार्ग आसपासमा अतिक्रमण गरी बनाइएका घर टहरा नेपालगञ्ज उपमहानगरपालिकाले बिहीबारदेखि हटाउन सुरु गरेको छ । उपमहानगरले बिपीचोकबाट धम्बोझी चोकसम्म राजमार्गदेखि २१ मिटरभित्रका घर टहरा हटाउन सुरु गरेको हो । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले त्यस क्षेत्रमा अपाङ्गमैत्री संरचना निर्माणका लागि ठेक्का सम्झौता भइसकेकाले अतिक्रमण हटाउन सुरु गरिएको जानकारी दिए । उनले हरियाली […]

नेपालगन्ज -रेडियो नेपाल क्षेत्रीय प्रशारण केन्द्र सुर्खेतबाट डेढ दशकअघि पश्चिम तराईलाई लक्षित गरी थारु भाषामा दैनिकजसो एउटा गीत बज्थ्यो । मगरागारी गाउँ, बनवा हुईना ठाउँ डईना पख्ना नाई हो साली कैसे उरी जाउँ छोटीमोटी खोल्टीमा मेघवा फुटुक्का रातभर सल्लाह कर्बी जैबी उरहरका । आधुनिक झै लाग्ने यो गीत सबैको जनजीब्रोमा झुण्डिएको थियो । यो गीत […]

नेपालगन्ज-घरेलु हिंसामा परेका अधिकांश महिलाहरु प्रहरीमा उजुरी गर्ने तर छलफलपछि आफै मिलापत्र गर्दै आएको पाइएको छ । आफन्त, सामाजिक दबाव र एक्लो पर्ने डरका कारण हिंसामा परेका महिलाहरु नचाहेर पनि मिलापत्र गर्न बाध्य भएका हुन । कतिपय पीडित महिलाहरु मिलापत्रपछि फेरि पनि पटकपटक उजुरी दिने गरेका छन् । थोरै मात्रै मुद्दा अदालतमा पुग्ने गरेको छ […]

  बर्दिया /ईकान्तिपुर—भारतमा नेपाली नम्बरका सवारी साधन बर्दियाको गुलरिया र भारतको मुर्तिहाबाहेक सबै ठाउँमा प्रवेशमा एसएसबी(भारतीय सीमा सुरक्षाबल)ले प्रतिबन्ध लगाएको छ । उत्तर दक्षिण राजमार्ग स्थित गुलरिया नगरपालिका–१० को रजनवा हुँदै भारत जाने नाकामा नेपाली र भारतीय सवारी साधनमा आउजाउ रोक लगाएको प्रहरीले जनाएको छ । साताअघि रुपैडिहामा नेपालगन्ज हुँदै दुई विदेशी नागरिक राहदानी विना […]

रुकुमपश्चिम । १० बर्से सशस्त्र द्वन्द्वका बेला सामूहिक बलात्कारको सिकार भएकी रुकुमपश्चिमकी ४२ वर्षीय सम्झना (नाम परिवर्तित) लाई आफ्नो शारीरिक र मानसिक अवस्थाले जिउँदो बनेको जस्तो लाग्छ । सामूहिक बलात्कार अनि यौनाङ्गमा बन्दुकको नाल घुसारेर दिइएको यातनाले सम्झनालाई अहिले पनि बेहोसी अवस्थामा पुर्‍याउँछ । नाम परिवर्तित ४० वर्षीय शर्मिलालाई पनि बाँच्न निकै सकस भइरहेको छ । तत्कालीन माओवादी […]