७ मंसिर , बढैयाताल बढैयातालमा संचालित अपांगता पहिचान तथा स्वास्थ्य परिक्षण शिविर वाट १ सय ६४ जना बालबालिका लाभान्वित भएका छन् । प्लान इन्टरनेश्नल नेपालको सहयोगमा बाके युनेस्को क्लब द्धारा संचालित अपांगता समावेशी शिक्षा कार्यक्रम अन्तरगत आयोजित बालबालिकाको अपांगता पहिचान तथा परिचय पत्र बितरण शिविर वाट १ सय ६४ जना बालबालिका लाभान्वित भएका हुन् । […]

दाङ,-  तुलसीपुर उपमहानगरपालिका-१० पड्डा डेरा गरी बस्ने सोही उपमहानगरपालिका-६ घर भएका ५९ वर्षीय चेत लाल बुढाथोकीको कोठामा जुवातास खेलिरहेको अवस्थामा चेतलाल समेत ८ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ११ हजार ७ सय १० रूपैयाँ, ६ सय १८ पत्ता तास र कौडा १६ […]

  बर्दिया- गुलरिया नगरपालिका-११ गणेशपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ४० मिलिग्राम सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-४ बस्ने ३० वर्षीय अनिल गोडिया र सोही नगरपालिका-२ बस्ने ३५ वर्षीयविकास विक रहेका छन् । जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ […]

  ६ मंसिर बढैयाताल , यूवा संजाल बढैयातालले बक्तृत्वकला प्रतियोगिताको आयोजना गरि ३५ औं अन्तर्राष्ट्रिय बाल दिवसको मनाएको छ । २० नोभेम्बर अर्थात मंशिर ५ गतेका दिन बढैयाताल गाउँपालिकाको समन्वय र बाके यूनेसको क्लबको सहयोगमा भविष्य लाई सुनौ भन्ने मुल नाराका साथ बक्तृत्वकला प्रतियोगिताको आयोजना गरि ३५ औं अन्तर्राष्ट्रिय बाल दिवस मनाएको हो । विश्वभरका […]

नेपालगन्ज — बाँकेको कम्दीका जोगीलाल यादव र उनका छोरा माधवप्रसाद यादवको तत्कालीन विद्रोही माओवादीले अपहरणपछि हत्या गरे । २०५९ पुस २३ को राति ८ बजेतिर घरबाटै अपहरणमा परेका जोगीलालको शव तीन दिनपछि राप्ती नदीमा भेटिएको थियो । २०६० साउन १७ मा जोगीलालका छोरा माधवको पनि अपहरण गरेर भोलिपल्ट हत्या गरियो । बुबाको हत्या गरेकै ठाउँमा छोराको पनि ज्यान […]

देउखुरी (दाङ) । घोराही उपमहानगरपालिका–५ धर्नामा रहेको धारापानीमा चहलपहल बढेको छ । धारापानी स्थानीय र बाह्य पर्यटकको घुमघामको रोजाइको स्थान बन्दै गएको छ । बाँके बैजापुरका सुरेश चौधरी साथीहरुसँग शनिबारको छुट्टीमा धारापानीमा घुम्न आएका छन् । कक्षा १० मा पढ्ने उनी धारापानीको चर्चा धेरै सुनेकाले आफैँले देख्न मन लागेर आएको बताउँछन् । ‘त्रिशूल र ॐपोखरी […]

बाँके । संविधानसभा सदस्य ६० वर्षीय हाजी अब्दुल हमीद सिद्दिकी (भोला) को अचानक मुटुमा सस्या देखिएपछि अस्पताल लैजाँदै गर्दा निधन भएको छ । नेपाली कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालानिकट रहेर संगठनमा काम गरेका सिद्दिकी मुस्लिम समुदायमा शिक्षाको पहुँचका लागि निरन्तर आवाज उठाउँदै आएका थिए । उनले मुस्लिम समुदायमा हज गर्न जाने हजयात्रीका लागिसमेत काम गरेका […]

  बर्दिया— लामो समय वडा अध्यक्ष रिक्त रहेको ठाकुरबाबा नगरपालिका–४ को वडा अध्यक्षका लागि छ पार्टीले चुनावी प्रतिस्पर्धाका लागि उम्मेदवारी दर्ता गराएका छन् । आइतबार कांग्रेसबाट अमिन थारु, एमालेबाट विष्णु देवकोटा, माओवादीबाट शेरबहादुर थारु, राप्रपाबाट रत्नबहादुर शाही, राष्ट्रिय स्वतन्त्र पार्टीबाट बासुदेव शर्मा र नागरिक उन्मुक्ति पार्टीबाट प्रीतिलाल चौधरीले उम्मेदवारी दर्ता गराएका हुन । यसअघि भएको […]

बर्दिया —मधुवन नगरपालिका–१ स्थित कैलाशीमा चारदिन यता बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको हात्तीले आठ घर भत्काएको छ । राति १ देखि ३ बजे सम्म हात्तीले मध्यवर्ती क्षेत्रमा आतंक फैलाउन थालेपछि यहाँका बासिन्दा रातभर जाग्राम बस्न थालेको दुःखेसो पोखेका छन् । मधुवन नगरपालिका–१ का वडाध्यक्ष मीन थापाले चार दिनयता स्थानीय यज्ञराज शाही,चन्द्र बहादुर खडका,प्रेमकला सुनार,युवराज गोरखधामी,खम्बशाही लगायत […]

काठमाडौं- बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-१ डाँफे बस्ने २० वर्षीय करण क्षेत्री र सोही गाउँपालिका-१ गुरुङ्ग टोल बस्ने २८ वर्षीय बिजय घर्ती रहेका छन् । प्रहरी चौकी जमुनी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय […]