भैरहवा, २७ साउन । रुपन्देहीको पुरानो नगरपालिका सिद्धार्थनगरको बेरुजू ८४ करोड माथि पुगेको छ । आर्थिक वर्ष २०७९।८० मा मात्रै १० करोड ८९ लाख ०७ हजार ३३ बेरुजु देखिएको छ । कार्यालयमा सैद्धान्तिक तर्फ ५७ वटा र लगती तर्फ ४१ वटा शिर्षकमा असुल गर्नुपर्ने ८७ लाख ८० हजार ९६, प्रमाण कागजात पेस गर्नुपर्ने […]
बाँके- कोहलपुर नगरपालिका-२ स्थित सालको बुटा नजिकै रहेको घरको आँगनमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ७० वर्षीय पुरूष आइतबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
स्वर्गद्वारी (प्युठान), साउन २० गते । माण्डवी गाउँपालिका–१ गर्जेनीको पहिरोले प्युठान, रोल्पा र गुल्मीका सडकयात्रीले सास्ती भोग्नुपरेको छ । प्युठान र रोल्पाका अधिकांश भाग तथा गुल्मीको मदाने गाउँपालिका क्षेत्रका स्थानीय आवतजावत गर्ने मार्ग पहिरोका कारण पटकपटक अवरुद्ध हुँदै आएको छ । दाङ देउखुरीको भालुवाङ–प्युठानको खलङ्गा, रोल्पाको लिवाङ जोड्ने मुख्य सडक हो । प्युठानी र […]
दाङ । दाङका चार स्थानीय तहले विकासकालागि एकै ठाउँ उभिने निर्णय गरेका छन् । तुलसीपुर उपमहानगरपालिका, दंगिशरण,शान्तिनगर र बबई गाउँपालिकाले विकासकालागि सहकार्य गर्ने निर्णय गरेका हुन् । आज तुलसीपुर उपमहानगरको अगुवाईमा बसेको चारवटा पालिकाको बैठकले स्थानीय सरकार संचालन ऐन २०७४ को दफा २६ बमोजिम तुलसीपुरका नगर प्रमुख टीकाराम खड्काको संयोजकत्वमा दंगिशरणका अध्यक्ष शम्भु गिरी,शान्तिनगरका अध्यक्ष […]
बर्दिया —बढैयाताल गाउपालिका–८ स्थित मेरुकिया नालाको बाँधमा पौडी खेल्न गएका सोहि ठाउँ बस्ने १६ वर्षीय रोशन कार्कीको डुबेर मृत्यु भएको छ । उनि साथिहरु संग पौडि खेल्न गएका थिए । डुबेपछि स्वास्थ्य गम्भीर भएका कार्कीलाई साथीहरुले उपचारका लागि स्थानीय मेडिकलमा ल्याएका थिए । उनको उपचार त्यहाँ सम्भव नभएपछि जिल्ला अस्पताल गुलरियामा लगिएको थियो । […]
१२ श्रावण २०८१ , ज्योति विकास बहुउद्देश्य सहकारी संस्था लि. बढैयाताल ८ सितलाबजारले मृतक शेयर सदस्यका परिवार लाई २० हजार सहयोग प्रदान गरेको छ । सहकारीका शेयर सदस्य स्वर्गिय रेखादेवी खत्रीको घरमा गएर शक्रवार मुतकका शसुरा वुवा भिमबहादुर खत्रि लाई नगत रु २० हजार सहयोग प्रदान गरेको हो । सहकारी संस्थाको नियमानुसार संस्थाका शेयर सदस्यको […]
सन्धिखर्क- अर्घाखाँचीमा कार दुर्घटना हुँदा एक जना मृत्यु भएकाे छ। भने, ७ जना घाइते भएका छन्। अर्घाखाँची हुँदै कास्की जाँदै गरेकाे ग३च ४५७४ नम्बरकाे कार बुधबार बिहान साढे ९ बजे पाणिनी गाउँपालिका- ८ काेलडाँडामा दुर्घटना भएकाे थियाे। दुर्घटनामा परेर भूमिकास्थान नगरपालिका- ८ किमडाँडाका ६ वर्षीय आरम्भ क्षेत्रीकाे मृत्यु भएकाे छ। घाइते हुनेमा भूमिकास्थान- ८ का […]
प्युठान, साउन ७ गते । जिल्लामा आत्महत्याको घटना जटिल खालको सामाजिक समस्याको रुपमा देखिन थालेको छ । वर्षेनी आत्महत्याका घटना बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालय प्युठानको चार वर्षको तथ्याङ्कलाई अध्ययन गर्दा आत्महत्या गर्नेको संख्या बढ्दै गएको देखिएको छ । जिल्लामा भएको अपराधका घटनामध्ये सबैभन्दा बढी आत्महत्याका घटना दर्ता भएको जिल्ला प्रहरी कार्यालय […]
खजुरा (बाँके), साउन ५ गते । जिल्ला अदालत बाँकेमा पारिवारिक इजलासको सुरु गरिने भएको छ । पारिवारिक विवादसम्बन्धी मुद्दाको सुनुवाइ छिटोछरितो बनाउने उद्देश्यले यही साउन १६ गतेदेखि पारिवारिक अदालत (फेमिली कोर्ट) स्थापना गरिएको हो । महिलावादी भएका अंश मुद्दा, नाता कायम, घरेलु हिंसा, बालबालिकाको सरोकार रहेका देवानी मुद्दा हेर्ने गरी छुट्टै इजलास सुरु गर्न लागिएको […]
रासस/ गुलरिया । बर्दियामा हात्तीको आक्रमणमा परी आज एकको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् । ठाकुरबाबा नगरपालिका–२ पेरहनी निवासी करिब ५२ वर्षीय शिवप्रसाद थारुको मृत्यु भएको र सोही वडाको सुजनपुरका २५ वर्षीय विश्राम थारु आक्रमण गरी घाइते भएका बर्दिया राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेले जानकारी दिए । घाइते थारुको हात […]











