भैरहवा — घरमा मोटर मर्मत गर्ने क्रममा रुपन्देहीको सियारी गाउँपालिकाका -७ बनगाईका १८ वर्षीय राजेश यादवको करेन्ट लागेर मृत्यु भएको छ ।   करेन्ट लागेर गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचार गराइएको थियो । उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको रुपन्देही प्रहरी कार्यालयले जनाएको छ।  

परासी — पश्चिम नवलपरासीको रामग्राम नगरपालिका– ७ मा करेन्ट लागेर स्थानीय ३५ वर्षीय जयप्रकाश यादवको करेन्ट लागेर मृत्यु भएको छ ।   घर अगाडि रहेको बिजुलीको पोलमा बत्ती निभाउने क्रममा करेन्ट लागेर यादवको मृत्यु भएको हो ।  करेन्ट लागेर घाइते भएका यादवको उपचारको लागि पृथ्वीचन्द्र जिल्ला अस्पतालमा ल्याए पनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको […]

    बर्दिया — ४४ औं विश्व पर्यटन दिवसका अवसरमा बुधबार लुम्बिनी प्रदेशका अवसरमा बर्दियाको ठाकसरद्धारामा पर्यटकलाई भब्य स्वागत गरिएको छ । दिवसको उदघाटन गर्न ठाकुरबाबा पुगेका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विदेशी पर्यटकलाई ढाकाटोपी लगाइदिएर स्वागत गरेका हुन । दिवसका अवसरमा युरोपेली मुलुकबाट एक दर्जनभन्दा बढी पर्यटक यहाँ आएका छन् । दिवसका अवसरमा बुधबार नगरपालिकाले सार्वजनिक […]

  बर्दिया — मधुवन नगरपालिका-३ एकता सामुदायिक वनमा माटो खन्ने क्रममा ढिस्को खस्दा पुरिएर स्थानीय ६० वर्षीय भदैया थारुको मृत्यु भएको छ । शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।      

बुटवल — लुम्बिनी प्रदेश सरकारले प्रदेश योजना आयोगमा दुई सदस्य नियुक्त गरेको छ । सरकारको भदौ २६ गते बसेको बैठकले रोल्पाका सुधनकुमार वली र कपिलवस्तुका सरोज खनाललाई नियुक्त गरेको हो । दुवै जनाले शुक्रबार पद तथा गोपनियताको शपथ लिएका छन् ।   लुम्बिनी प्रदेश सरकारले यसअघि प्रदेश योजना आयोगको उपाध्यक्षमा तुलसीपुर उपमहानगरपालिका–६ दाङका डा. नहकुल […]

बर्दिया —पपुलर जातको ३४ दशमलव २ क्यूफिट काठ सीमावर्ती भारत कतरनियाघाट वन्यजन्तु आरक्षबाट तस्करले ल्याएको आशंकामा गुलरिया नगरपालिका—९ खालीपरुवास्थित बूढीनालाको किनारमा लुकाइराखेको अवस्थामा प्रहरीले बरामद गरेको छ ।   बेवारिसे अवस्थामा काठ बरामद गरिए पनि कोही पक्राउ परेका छैनन् । प्रहरीले बरामद गरेको काठ आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय बर्दिया पठाएको जनाएको छ । […]

नेपालगञ्ज, ५ असोज । नेपालगञ्ज उपमहानगरपालिकामा सरसफाइ व्यवस्थापनमा ६ सय भन्दा बढि व्यक्तिहरु आवद्ध रहेतापनि उनीहरुको सुरक्षा र मर्यादाको विषय गम्भीर रहेको एक अध्ययनले देखाएको छ । ‘एशिया प्रशान्त क्षेत्रमा सरसफाइमा सबैको पहुँच अभिबृद्धि’ कार्यक्रम अन्तर्गत एशियाली विकास बैंक (एडिबी)ले गरेको अध्ययनले यो खुलासा गरेको हो । सेप्टिक ट्यांक सफाइ, शौचालयहरुको व्यवस्थापन र सञ्चालन तथा […]

  बाँके । बाँकेको डुडुवा गाउँपालिका– ६ असमानपुरको जयन्दु बाल सुधार गृहमा दुई समूहको झडप पछि बाल सुधार गृह तोडफोड गरी भागेका मध्य ३० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले बिहीबार राति आन्तरिक विषयमा झडप भएपछि बालसुधार गृह तोडफोड गरी भागेका ३० जनालाई नियन्त्रणमा लिएको बताए । […]

  दाङ — नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीले गत भदौ ४ गते लगाएको ताला पाँच बुँदे सहमतिपछि बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालयको केन्द्रीय कार्यालय र सेवा आयोगको कार्यालयमा लागेको ताला एक महिनापछि बिहीबार खुलेको छ । यसअघि नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघसँग भएको सम्झौता रद्ध गर्नुपर्ने माग गर्दै अखिल क्रान्तिकारीले तालाबन्दी गरेको थियो । बिहीबार भएको […]

  बाँके — बाँकेको डुडुवा गाउँपालिका– ६ असमानपुरको जयन्दु बाल सुधार गृहका थुनुवाबीच बिहीबार राति झडप हुँदा रुपन्देहीका २० वर्षीय सुलभ केसीको मृत्यु भएको छ । जबर्जस्ती करणी मुद्दामा उनलाई सुधार गृहमा राखिएको प्रहरीले जनाएको छ । समूह–समूह बनाएर भिड्नेमध्ये ११ जनालाई राति नै नियन्त्रणमा लिएर उपचारका लागि अस्पताल लगेको जेल प्रमुख विमला काउचाले बताइन् […]