काठमाडौं । काठमाडौंबाट बाजुरा जाँदै गरेको सुपप्र ०१–००१ ख ३४८० नम्बरको रात्रि बस र बुटवलबाट सुनवलतर्फ आउँदै गरेको लु २ ख १६९६ नम्बरको टिपर बिहीबार राति ९ः४५ बजे सुनवल–४ स्थित गैरे पेट्रोलपम्प नजिकै अल्कत्रेडाँडा भन्ने स्थानमा ठोक्किँदा १७ जना घाइते भएका छन् । घाइतेहरुमध्ये ११ जना अस्पतालमा उपचाररत छन् । तीमध्ये एक जनाको अवस्था […]

  बर्दिया — लागूऔषध लिएर बर्दिया कारागारमा कैदी भेट्ने निहुँमा गएका गुलरिया नगरपालिका–२ संगमबस्तीका २२ वर्षीय विजय तिरुवालाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध मुद्दामा मधुवन नगरपालिका–९ का कमल शर्मालाई काँचो माछाभित्र लुकाई ल्याएको लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धूलो पदार्थसहित उनी पक्राउ परेका हुन् । पक्राउ परेका तिरुवाबाट ५ सय २० मिलीग्राम लागूऔषध […]

बाँके/ डुडुवा गाउँपालिका-१ सन्तलिया बस्ने ३५ वर्षीया सजिदा शेषको करेन्ट लागेर सोमबार बेलुकी मृत्यु भएको छ । आफ्नै घरको आँगनमा रहेको धारोमा नुहाउने क्रममा धारोमा जडान गरिएको मोटरबाट करेन्ट लागेर गम्भीर घाइते भएकी उनको नर्सिङ होम नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

  बर्दिया — बर्दियाको गेरुवा गाउँपालिका–६ प्रसेनीपुरका मुक्तबहादुर बस्नेतको भान्सा र खरले छाएको गोठमा भएको आगलागीमा परी एउटा भैंसी, एउटा पाडो, २ वटा बाख्रा, ३ वटा खसी र १५ वटा कुखुरा मरेको छ । जिल्ला प्रहरी कार्यालय,बर्दियाका सूचना अधिकारी डीएसपी तिलकराम अर्यालका अनुसार आगलागीबाट करिब ५ लाख रुपैयाँबराबरको क्षति भएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । […]

बर्दिया — बारबर्दिया नगरपालिका–३, मुन्न्नागौढीमा आगो ताप्ने क्रममा जलेर स्थानीय ८० वर्षीय चेतानन्द शर्माको मृत्यु भएको छ । प्रहरीका अनुसार अनुसार आगो ताप्ने क्रममा घाइते भएका शर्मालाई उपचारका लागि नेपालगञ्जस्थित भेरी अस्पताल पुर्‍याइएको थियो । बिहीबार बेलुका आगोले पोलेर घाइते भएका उनको शुक्रबार उपचारकै क्रममा भेरी अस्पतालमा मृत्यु भएको हो । बर्दियामा जाडोयाम लागे यता […]

  दलबहादुर सुनार ११ माघ , बढैयाताल किशोरी मनिसा थाारु एक घण्टाको लागि बढैयाताल गाउँ पालिका वडा नम्बर ८ को वडा अध्यक्ष बनेकी छन् । बाके यूनेस्को क्लबको शसक्त बालिका परियोजनाले आज गरेको गल्स टेक ओभर कार्यक्रमा बिद्या ज्योती नमुना माध्यामिक बिद्यालय कण्ठपुरमा कक्षा १२मा अध्ययनरत छात्रा मनिसा थारु एक घण्टाको लागि बढैयाताल गाउँपालिका वडा […]

बाँके,/ कोहलपुर नगरपालिका-१४ पार्बतीपुरस्थित सडकमा भे.१ ख ४०३३ नम्बरको मिनिबस र ना.५ ख ८५६६ नम्बरको ट्रक एकआपसमा ठक्कर खाई बिहीबार बिहान दुर्घटना हुँदा ट्रकका सहचालक रूपन्देही देवदह नगरपालिका-६ खैरेनी बस्ने ३५ वर्षीय राम कृष्ण गोतामेको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा […]

नेपालगन्ज । नेपालगन्जस्थित पुरानो र जीर्ण कारागारमा कैदीबन्दी राख्ने स्थान अभाव भएपछि बाँकेको नौवस्तामा नवनिर्मित नयाँ कारागारमा कैदीबन्दी तयारी सुरु भएको छ । नेपालगन्ज कारागारमा क्षमताभन्दा तेब्बरभन्दा बढी कैदी राख्नु पर्ने बाध्यता छ । नौबास्तास्थित कारागार ५० करोडभन्दा बढी रकम खर्च गरेर निर्माण गरिएको हो । नौवस्ता कारागारको एउटा खण्डलाई बाल सुधारगृह बनाएर केही समयअघि […]

बर्दिया/प्रहरी नायव महानिरीक्षक कुबेर कडायतले ईलाका प्रहरी कार्यालय बगनाह भुरिगाउँ बर्दिया परिसरमा नवनिर्मित कार्यालय, ब्यारेक, हिरासत कक्ष तथा भान्साघर लगायतका भवनहरूको मंगलबार आयोजित एक कार्यक्रमबीच उद्घाटन गर्नुभयो । साथै उहाँले उक्त नवनिर्मित भवनहरूको निरीक्षण समेत गर्नुभयो । कार्यक्रममा प्रहरी नायव महानिरीक्षक कडायतले भवन निर्माणको कार्यलाई त्रुटीरहित तवरले सम्पन्न गर्ने ईन्द्रधनु अछाम निर्माण सेवा टिकापुरका प्रतिनिधि […]

काठमाडौं/ कैलाली, घोडाघोडी नगरपालिका-२ स्थित सडकमा सु.प.प्र.०१००९ प ४६१९ नम्बरको मोटरसाइकल सोमबार बेलुकी दुर्घटना हुँदा चालक बर्दगोरीया गाउँपालिका-५ बेलवा बस्ने २५ वर्षीय कालु बिकको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको घोडाघोडी अस्पताल सुख्खडमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ […]