बाँके, २६ असार- डुडुवा गाउँपालिका-३ हलबलडोली बस्ने ४० वर्षीय राधे खटिकको करेन्ट लागेर बुधबार दिउँसो मृत्यु भएको छ । नेपालगंज उपमहानगरपालिका-२१ बिर्तास्थित आफ्नै खेतमा पानी तान्ने विद्युतीय मोटरको तारबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको भेरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यससम्बन्धमाप्रहरीलेआवश्यकअनुसन्धानगरिरहेकोछ।
नेपालगन्ज । गाई गोरु चराउन गएका बेला बाँके जिल्लाको राप्तीसोनारी गाउँपालिका–५ गोरधुईस्थित राप्ती नदिमा फसेका तीन जनाको सकुशल उद्धार गरिएको छ । स्थानीय ५२ वर्षीय मानसिंह धामी, ६९ वर्षीय लीलबहादुर खत्री र ५० वर्षीय ससु वलीलाई सकुशल उद्धार गरिएको हो । उनीहरु सबैको अवस्था सामान्य छ । उनीहरुलाई सशस्त्र प्रहरीले बुधबार सकुशल उद्धार गरेको जनाएको […]
नेपालगन्ज /ईकान्तिपुर—बाँकेको कोहलपुर नगरपालिका–३ स्थित कोहलपुर बागेश्वरी इंग्लिस मिडियम स्कुलमा अध्ययनरत तीन जना बालक स्कुलबाटै हराएका छन् । कक्षा ८ मा अध्ययनरत १५ वर्षीय निरज थापा, १३ वर्षीय पवननाथ योगी र १२ वर्षीय रोविन्द्र खड्का असार २२ गते अपराह्नदेखि सम्पर्कविहीन भएका हुन् । स्कुलका प्रिन्सिपल विष्णु केसीका अनुसार विद्यार्थीहरू असार २२ गते दिउँसो ३ः५५ बजेसम्म […]
तानसेन (पाल्पा), असार २५ गते । सिद्धार्थ राजमार्गअन्तर्गतको पाल्पा–बुटवल सडकखण्ड गएराति परेको अविरल वर्षाका कारण आज बिहानैदेखि अवरुद्ध भएको छ । यस सडकखण्डअन्तर्गतका विभिन्न ठाउँहरुमा पहिरो खसेका कारण सडक अवरुद्ध बनेको हो । यहाँका बर्तुङदेखि सिद्धबाबा क्षेत्रसम्म विभिन्न ठाउँहरुमा पहिरो खसकेका कारण बिहानैदेखि सडक अवरुद्ध रहेको जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रवीण आचार्यले बताउनुभयो । उहाँका […]
नेपालगन्ज, असार २५ गते । रोजगारीका लागि नेपालगन्जस्थित जमुनाह नाका भएर भारत छिर्ने नेपाली युवाको सङ्ख्या फेरि एक पटक बढ्दै गएको छ । कर्णाली र लुम्बिनी प्रदेशका पहाडी जिल्लाका युवा अहिले फेरि ठुलो सङ्ख्यामा दैनिक रोजगारीका लागि जमुनाह नाका भएर भारततर्फ गइरहेको यहाँस्थित नेपाल–भारत नाकामा रहेको जमुनाह प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय, जमुनाहका प्रमुख […]
कपिलवस्तु, २४ असार- महाराजगंज नगरपालिका-५ सिसवा बस्ने सफायस अलिको छोरा १२ वर्षीय प्रबेज अलि मनिहारको सोही ठाउँस्थित पोखरीमा डुबेर सोमबार साँझ मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
कपिलवस्तु, २४ असार- बुद्धभुमी नगरपालिका-२ गोरूसिङ्गे जंगलस्थित सडकमा लु.२ च ९२३७ नम्बरको एम्बुलेन्स र लु.१ ज ४२८० नम्बरको विङ्गर एकआपसमा ठक्कर खाई सोमबार दिउँसो दुर्घटना हुँदा एम्बुलेन्समा सवार अर्घाखाँची भुमिकास्थान नगरपालिका-१० बस्ने ९५ वर्षीय ईन्द्रकला रानाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको युनाईटेड अस्पताल ठाकुरापुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै […]
बाँके – जानकी गाउँपालिका-६ पिप्रहवा चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ४० मिलिग्राम सहित सोही ठाउँ बस्ने ४४ वर्षीय जलिल खाँ लाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी गनापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहाबाट अवैध लागूऔषध २ ग्राम ६ […]
नेपालगन्ज । नेपालगन्जमा २७ वर्षअघि नै पेट्रोलिअम अन्वेषणको सम्झौता भएको खुलेको छ । दैलेखमा पेट्रोलिअम अन्वेषणको काम भईरहेका बेला नेपालगन्ज क्षेत्रमा अन्वेषणको सम्झौता भएको खुलेको हो । अन्वेषणको सम्झौता अमेरिका दुई वटा कम्पनीहरू कम्पनी र टेक्साना रिसोर्सेस कम्पनीले१९९८मा नेपालगन्ज क्षेत्रमा अन्वेषणको सम्झौता गरेको थियो । नेपालगन्जसंगै चितवनमा पनि उक्त कम्पनीले पेट्रोलिअम अन्वेषणको सम्झौता गरेको थियो। […]
बर्दिया —जिल्ला कारागारका कैदीको विस्तारामुनिबाट गाँजा बरामद भएको छ। प्रहरीको कडा निगरानीबीच कारागार भित्रै गाँजा कसरी कैदीको विस्तारामा पुग्यो भन्दै प्रशासनले अनुसन्धान सुरु गरेको जनाएको छ । हालै सरुवा भई आएका जिल्ला कारागारका प्रमुख मानबहादुर सारुले कर्तव्य ज्यान मुद्दामा सजाय भोग्दै आएका सोहन ढकालको विस्तारमुनिबाट ५ ग्राम गाँजा फेला पारेको बताए। ‘गाँजा आफैँ […]












