भाद्र २६, २०८० भैरहवा — रुपन्देही जिल्ला ट्राफिक प्रहरीले गाडीका नम्बर प्लेट सुधार अभियान सञ्चालन गरेको छ । नम्बर प्लेट स्पष्ट नहुँदा गाडी पहिचानमा समस्या भएपछि यस्तो अभियान सञ्चालन गरिएको हो । अभियान सञ्चालन गरेको एक सातामा करिब एक हजार ६ सय गाडी र मोटरसाइकलको नम्बर प्लेट सुधार गरिएको कार्यालयले जनाएको छ । अभियानका […]
बर्दिया । गुलरिया नगरपालिका-७ बसपार्क नजिक भे.१ ह ४६४५ नम्बरको पेट्रोलबाट चल्ने अटो रिक्सामा तार सर्ट भई सोमबार दिउँसो आगलागी हुँदा करिब ३ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलरे नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
बर्दिया / बढैयाताल गाउँपालिका-८ कण्ठपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ९० मिलिग्रामसहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका-२ बस्ने २४ वर्षीय पदम सुनार र बर्दिया बढैयाताल गाउँपालिका-८ बस्ने २७ वर्षीय राज कुमार नेपाली रहेका छन् । भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई प्रहरीले जाँच […]
रासस । २४ भदौ, दाङ । २०५९ साल माघमा (द्वन्द्वका समयमा) शान्तिको सन्देश दिनका लागि भन्दै निर्माण गरिएको ‘राप्ती शान्ति उद्यान’ यतिबेला जिल्लाकै प्रमुख पर्यटकीय केन्द्र बनेको छ । तुलसीपुर उपमहानगरपालिका-७ मा रहेको उक्त उद्यान (पार्क)मा पछिल्लो समय जिल्लासँगै छिमेकी जिल्लाबाट पनि पर्यटक घुम्न आउने गरेका छन् । उद्यानको अवलोकन, घुमघाम गर्ने र त्यस क्षेत्रमा […]
यति ब्रेअरी प्रा.लिको आयोजनामा नेपालगन्जमा दरखाने कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । आउँदै गरेका नेपाली हिन्दु महिलाहरुको विशेष पर्व हरितालिका तिजको अवसर पारेर तीज कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा बाँकेमा मदिरा ब्यवसायमा आवद्ध दिदिबहिनिहरुमाृ सहभागीता रहेको थियो । बर्षमा एक पटक सामुहिक रुपमा खुसी बाँड्न एकै थलोमा नाचगान सहित तीज मनाउन कार्यक्रम आयोजना […]
२३ भदौ, नेपालगन्ज । बाँकेमा बस दुर्घटना हुँदा बर्दिया ठाकुरबाबाका मृत्यु भएका ६ जनाको सनाखत भएको छ । कोहलपुरको शम्शेरगञ्जमा शुक्रबार राति बस दुर्घटना हुँदा मृत्यु हुनेहरूमा बर्दियाको ठाकुरबाबा-९ का ५० वर्षीय काँशिराम थारु, ५५ वर्षीया कस्तुरी थापा, ५० वर्षीय रुपा परियार, जयन्ति थारु, ६५ वर्षीय साँधुराम थारु र वडानम्बर ८ का ४५ वर्षीय जुगबहादुर […]
बर्दिया — बर्दियाको मधुवन नगरपालिका-३ धनौरास्थित जंगलमा घाँस काट्ने क्रममा बाघले आक्रमण गर्दा काली वंशीको मृत्यु भएको छ । शुक्रबार अपराह्न ४ बजेतिर सम्झना सामुदायिक वनमा घाँस काट्ने क्रममा बाघले आक्रमण गरेको हो । प्रहरीका अनुसार बर्दिया राष्ट्रिय निकुञ्ज र भारतको कतरनीयाघाट आरक्ष क्षेत्र जोड्ने अन्तर्राष्ट्रिय जैवीक मार्गमा ती महिलालाई बाघले आक्रमण गरेको थियो […]
भाद्र २३, २०८० नेपालगन्ज — दाङबाट नेपालगन्जतर्फ आइरहेको ना७ख २३२१ नम्बरको बस बाँकेको राप्ती सोनारी गाउँपालिका शमशेरगन्ज पूर्वपश्चिम राजमार्ग किनारमा रोकिराखेको ना८ख ६४०५ नम्बरको ट्रकमा पछाडिबाट ठोक्किँदा चालकसहित सात जनाको मृत्यु भएको छ । २५ जना घाइते छन् । राप्तीसोनारी–८ शमशेरगन्जमा शुक्रबार राति सवा ९ बजेतिर दुर्घटना भएको हो । बसमा चालकसहित ४१ जना सवार थिए । दुर्घटनामा बर्दियाको ठाकुरबाबा […]
भाद्र २१, २०८० देउखुरी — लुम्बिनी प्रदेशसभाको बिहीबार बसेको २४औं बैठकमा प्रदेश मामिला तथा कानुन समितिका ज्येष्ठ सदस्य सुधाकर पाण्डेयले विधेयकका विषयमा बनेको प्रतिवेदन सभामा पेस गरेका छन् । ‘प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक’ को प्रतिवेदन पेस भएको हो। समितिले यसअघि भोजप्रसाद श्रेष्ठको संयोजकत्वमा बनेको उपसमितिले विज्ञसहित […]
काठमाडौं, २१ भदौ/ बर्दिया, ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बासगढी नगरपपालिका-९ माछागढ बस्ने ३९ वर्षीय शेर बहादुर थापालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । थापाले ती महिलालाई बारबर्दिया नगरपालिका-४ सिटीबरेलीमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बानियाभारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।










