रुकुम पश्चिम — रुकुम पश्चिमको आठबिसकोट नगरपालिका ८ मा रा १ त १४ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । ९ जना घाइते भएका छन् । आठबिसकोट नगरपालिका ९, राडी बजार बाट वडा नं ८ घर्तीगाउँतर्फ भूकम्पपीडितका लागी राहत तथा घर निर्माण सामग्री लिएर जाँदै गरेको वडा नं १० तिरिकोटमा गए राति […]

पोखरा । बिहान ९ बजेर ४० मिनेटमा पोखराबाट काठमाडौं उड्न लागेको उडान नं। ६५२ को जहाजको आकस्मिक ढोका यात्रुले खोलेका छन् । यात्रुबाट के कति कारणले ढोका खुल्न गएको हो, यसबारे पोखरा टर्मिनलका सुरक्षाकर्मीले अध्ययन गरिरहेका पनि बुद्ध एयरले जनाएको छ । ढोका खोलेको विमान बुद्धएयरका प्राविधिकले जाँच गरिरहेको र काठमाडौं आउने यात्रुलाई अर्को विमानबाट […]

  लुम्बिनी/ईकान्तिपुर — रूपन्देही कोटहीमाई–४ बैरघाटकी सुधा चाईले गत वर्ष गाउँपालिकाबाट ५ हजार रुपैयाँ पाइन् । २०७९ पुस ११ मा छोरी विद्यान्सी जन्मिएको ३५ दिनभित्र जन्मदर्ता गराएपछि उनलाई पालिकाले उक्त रकम दिएको हो । ‘वडा कार्यालयमा जन्मदर्ता गरेपछि पालिकाले रकम उपलब्ध गराएको हो,’ उनले भनिन्, ‘पालिकाले दिएको रकम छोरीकै नाममा खाता खोलेर जम्मा गरिदिन बचाएर राखेका छौं ।’ […]

  पश्चिम नवलपरासी — पश्चिम नवलपरासी पृथ्वीचन्द्र अस्पतालको सुरक्षार्थ खटिएका पाल्हिनन्दन गाउँपालिका–६ का राजु हरिजनलाई अस्पतालको रकम चोरी गरेको आरोपमा पक्राउ गरेर मुद्दा दायर गरिएको प्रहरीले जनाएको छ । सोमबार राति ११ बजे अस्पतालका अस्पतालको टिकट काउन्टरबाट २ लाख ११ हजार रुपैयाँ चोरी भएको थियो । चोरी के कसरी भयो भन्ने विषयमा अनुसन्धान हुँदा सीसीटीभी […]

  दाङ — घोराहीका एक कानुन व्यवसायीलाई होटेलमा खाजा खान बोलाएर बलात्कारको मुद्दामा फसाउने धम्की दिँदै १८ लाख रुपैयाँ असुलेकोआरोप लागेका तीन महिलालाई जनही डेढ वर्ष कैद र जरिवाना गर्ने फैसला गरेको छ । जिल्ला न्यायाधीश जगतबहादुर पौडेलको इजलासले मंगलबार उक्त आदेश दिएको हो । घोराही उपमहानगरपालिका–१५ की ३२ वर्षीया सीतादेवी थापालाई डेढ वर्ष कैद […]

  तिलोत्तमा/ईकान्तिपुर — रुपन्देहीको रोहिणी गाउँपालिकामा तोकेको भन्दा फरक पोशाक लगाएर वसद्यालय गएका एक विद्यार्थीलाई प्रधानाध्यापकले निर्घात कुटेका छन् । रोहिणी गाउँपालिका वडा नम्बर ७ मा रहेको मोडेल गोल्डेन फ्युचर इंग्लिस स्कुलका प्रधानाध्यापक शम्भु यादवले कक्षा ८ का विद्यार्थीलाई जाडोमा ज्याकेट लगाएकै कारण कुटपिट गरेको विद्यार्थी आकाश गुप्ताले बताए। विद्यालयले जाडोमा लगाउनका लागि निलो रङको […]

बीबीसी । पश्चिमोत्तर चीनमा सोमवार राति गएको भूकम्पमा परेर कम्तीमा ११८ जनाको मृत्यु हुनुका साथै २०० जनाभन्दा बढी मानिस घाइते भएको सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन्। गान्सु प्रान्तमा मध्यराति ६.२ म्याग्निट्यूडको भूकम्प गएको थियो। त्यहाँ र छिमेकी चिन्खाई प्रान्तमा भूकम्पले गर्दा भवनहरूमा क्षति पुगेको छ। उद्धारकर्ताहरूले क्षतिग्रस्त भवनका भग्नावशेषमा खोजी गरिरहेका छन्। मृतककको सङ्ख्या बढ्ने ठानिएको […]

बुटवल । लुम्बिनी प्रदेशसभामा विषयगत समितिका सभापति चयनका लागि पुस १६ गते उम्मेदवारी दर्ता र १७ गते निर्वाचनको मिति तोकिएको छ ।का्लुम्बिनी प्रदेश सभाले जारी गरेको सूचनामा लुम्बिनीमा ६ वटा विषयगत समिति भएको उल्लेख छ । समितिको सदस्य मनोनयन भए पनि सभापति चयन लामो सययसम्म भएका थिएनन् । जसअनुसार अब सार्वजनिक लेखा समिति ,कृषि, वन […]

    गुल्मी । १० दिनदेखि हराइरहेको गुल्मी चन्द्रकोट गाउँपालिका–३ हर्राचौरका ६ वर्षका बालक मृत अवस्थामा जंगलमा फेला परेको प्रहरीले जनाएको छ । मंसिर २२ गते घरबाट हराएका बालकलाई खोज्ने क्रममा घर नजिकैको गगनगैरा भन्ने जंगलमा मृत अवस्थामा फेला परेका थिए ।   बालक जंगलमा मृत फेला परे पश्चात थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय […]

रासस/ नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिकामा पहिलो पटक यस शैक्षिक सत्रदेखि ११ कक्षाको अध्ययन सुरु भएको छ । नेपालगन्ज नजिकै रहेर पनि दुर्गम क्षेत्रको रुपमा रहेको उक्त गाउँपालिकाको वडा नं ४ स्थित जानकी माध्यमिक विद्यालयमा कक्षा ११ मा विज्ञान सङ्कायको पढाइ थालिएको हो । विद्यालयका प्रधानाध्यापक लक्ष्मण आर्चायका अनुसार तेह्र विद्यार्थी भर्ना भए पनि आठ […]