कपिलवस्तु — टिकटकमा पेस्तोल र तरबारसहित हतियार प्रदर्शन गरेपछि शुद्धोधन गाउँपालिका वडा नं ६ महादेवका २१ वर्षीय रघुबिन्द यादव पक्राउ परेका छन् । उनले आफ्नो टिकटक अकाउन्टमा पेस्तोल, तरबार र खुडासहितको हतियारको भिडियो बनाएर अपलाुड गरेका थिए । उक्त भिडियोका कारण स्थानीयमा डरत्रास र आतंक सिर्जना भएको सूचनापछि ईप्रका पकडीबाट खटिएको टोलीले यादवलाई मायादेवी […]
कोहलपुर। बाँकेको कोहलपुर नगरपालिका वार्ड नम्बर ११ स्थित शुभलक्ष्मी फेन्सी पसलमा भएको आगोलागी नियन्त्रणमा आएको छ । स्थानीय मेघराज लम्सालको दुई तले घरमा रहेको फेन्सी पसलमा भएको आगोलागीको कारण अझै खुलेको छैन। बिधुत सर्ट भएर आगोलागी भएको शंका गरिएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार दुईवटा दमकल र प्रहरीले आगो नियन्त्रणमा लिएको छ । […]
तुलसीपुर (दाङ) । दाङ तुलसीपुर उपमहानगरपालिका–१३ निवासी रामकुमारी चौधरीको कानुन पढ्ने इच्छा थियो । घरको अवस्था निकै कमजोर थियो । घरबाट उहाँको पढाइ खर्च जुटाउन हम्मेहम्मे पर्छ । तर, पनि ‘कानुन’ पढ्ने इच्छा जाहेर गरेपछि उहाँलाई घरपरिवारको पूर्ण समर्थन छ । अहिले उहाँले ‘कानुन’ विषय पढिरहनुभएको छ । “मेरो घरको आर्थिक अवस्था निकै कमजोर छ, […]
बबई (बर्दिया) । बर्दियाको ओराली बजारदेखि बर्दिया राष्ट्रिय निकुञ्ज पुग्ने सबैभन्दा छोटो दुरीको सडकका नामले परिचित मधुवन नगरपालिका–२ को खैरेनी कुस्मनिया सडक असफाल्ट कालोपत्रे गर्नका लागि ठेक्का सम्झौता भएको सात वर्ष हुँदा पनि निर्माण सम्पन्न हुन सकेको छैन् । ५५० मिटर मात्र लम्बाइ र तीन मिटर ७५ सेन्टिमिटर चौडाइ रहेको खैरेनी कुस्मनिया सडक कालोपत्रे गर्न […]
लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगितामा आज नेपाल पुलिस क्लब र भारतको सिलगढी क्लब बीच प्रतिस्पर्धा हुने भएको छ। खेल दिउँसो ४ बजेपछि नेपालगञ्जको महेन्द्र रङ्गशालामा सुरु हुँदैछ। खेलको विजेताले हिजो भएको खेलमा विजयी भएको त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ। आर्मीले उद्घाटन खेलमा सुदूरपश्चिमलाई शन्यका विरुद्ध चार गोल अन्तरले पराजित गर्दै सेमीफाइनलमा प्रवेश गरिसकेको […]
गुलरिया नगरपालिका–४, इन्द्रेणी टोलमा राखिएको केजको बुधबार साँझ अवलोकन गर्दै प्रजिअ शर्मासहितको टोली । बर्दिया — गुलरिया नगरपालिका–४ इन्द्रेणी टोलमा आतंक मच्याई रहेको चितुवाले नियन्त्रणका लागि राखिएको केजमा बाख्राको पुच्छर खाएको छ । तर, बाख्राको पुच्छर खाए चितुवाले खाए पनि केजमा परेको छैन । ईकान्तिपुरको सामाचार अनुसार दुई साततादेखि डिभिजन वन कार्यालयले चितुवा नियन्त्रणमा […]
कपिलवस्तु, ५ बैशाख । शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरीमाथि गोली प्रहार भएको छ। बिहीबार राति ११ः३० बजेको समयमा मायादेवी गाउँपालिका वडा नं १ पकडीस्थित निवासमा नै गोली प्रहार भएको हो । जिल्ला प्रहरी कार्यालय सूचना अधिकारी तथा डीएसपी मोहनमणि अधिकारी राति बिजुली गएका बेला शौचालय गएर फर्कने क्रममा उनी माथी गोली प्रहार भएको […]
सुनिल रेग्मी / लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले गर्नुहुने भएको छ। भोलिदेखि नेपालगञ्जमा सुरु हुने प्रतियोगिताको उद्घाटन खेलकुद मन्त्री चौधरीले गर्नु हुने आयोजकका गोविन्द पौडेलले जानकारी दिनुभयो । २ बजे पछि हुने उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम एफसीले प्रतिस्पर्धा गर्ने भएको छ। नेपालगञ्ज रंगशालामा […]
नेपालगन्ज, ३ बैशाख २०८१ नेपालगन्ज १० गोसाई गाउँमा थारु हाउस् संञ्चालनमा आएको छ । बुधबार नेपालगन्जमा मेयर प्रशान्त बिष्टले थारु हाउसको रिबन काटेर उद्घाटन गरे । मेयर बिष्टले थारु हाउसको सफलताको शुभकामना दिदै भने, कफी र थारु परिकार रुचाउनेका लागि उपयुक्त स्थान छ । हाउसले पक्कै पनि कमी र थारु परिकारका पराखीहरुका लागि बिश्वास जित्ने […]
रूपन्देही, ३ वैशाख- लुम्बिनी साँस्कृतिक नगरपालिका-१२ आमा गाउँ बस्ने सुदामा चाईको गोठमा विद्युत सर्ट भई मंगलबार राति आगलागी हुँदा करिब १ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।












