दाङ । दाङको घोराही उपमहानगरपालिका(१५ अमृत टोलमा जुवा खेलिरहेको अवस्थामा १७ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार १ लाख ५२ हजार ५५ रूपैयाँ बरामद गरिएको छ। उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ।
बर्दिया — बर्दिया ठाकुरबाबा नगरपालिका ४ को वडाध्यक्षका लागि आइतबार भईररहेको उपनिर्वाचन शान्तिपुर्णंरुपमा जारी छ । निर्वाचन आयोगका अनुसार हालसम्म उपचुनावमा १ हजार ५ सय ४ मत खसेको छ सुरक्षालाई मध्यनजर गरी सुरक्षामा कडाई गरिएको । मतदान केन्द्र स्थल आसपासका मुख्य हुलाकी सडक लगायतका ग्रामीण सडक शनिबार राति १२ बजेदेखि आइतबार साँझ ७ बजे बेलुकीसम्म […]
नेपालगन्ज। मानव बेचबिखनविरुद्ध क्रियाशील संस्था शान्ति पुनस्र्थापनागृह बाँकेले जोखिममा रहेका २९८ जनालाई नेपाल–भारत नाकाबाट उद्धार गरेको छ । सो संस्थाले नेपालगन्जस्थित मुख्य नाका जमुनाहसँगै जानकी, डुडुवा र नरैनापुर गाउँपालिकास्थित ग्रामीण क्षेत्रका नाकामा सूचना तथा परामर्श केन्द्रमार्फत मानव बेचबिखनविरुद्ध अभियान सञ्चालन गर्दै आएको शान्ति पुनस्र्थापनागृहका क्षेत्रीय संयोजक निर्मल सुवेदीले बताउनुभयो । उहाँले आर्थिक वर्ष २०८०/८१ […]
काठमाडौँ । बर्दियाको ठाकुरबाबा नगरपालिका ४ मा वडा अध्यक्ष पदको लागि मतदान सुरु भएको छ । उक्त वडामा ३५१० मतदाता रहेका छ्न । यससंगै स्थानीय तहका रिक्त विभिन्न ४१ पदका लागि आज निर्वाचन हुँदै छ । बिहान ७ः०० देखि सुरु भएको मतदान अपराह्न ५ः०० बजेसम्म मतदान हुने निर्वाचन कार्यालयले जनाएको छ । नगरपालिका प्रमुख […]
तुलसीपुर । घोराहीबाट तुलसीपुर जाँदै गरेको रा १ ख १३८२ नम्बरको बस घोराही–तुलसीपुर सडक अन्तर्गत तुलसीपुर १८ बिजौरीको डागाउँ नजिक दुर्घटना हुँदा बसमा सवार १८दयात्रु घाइते भएका छन्। घाइतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ ।
नेपालगञ्ज/रासस — बारम्बार बाँकेको बाल सुधारगृहबाट बालबिजाइँकर्ता फरार हुन थालेपछि जिल्ला सुरक्षा समितिले बाल सुधारसम्बन्धी कानुनी व्यवस्थालाई समयानुकूल सुधार गर्न सुझाव दिएको छ । सुरक्षा समितिको बुधबारको बैठकले उमेर पुगेका बालबिजाइँकर्तालाई समेत एकै ठाउँमा राखिँदा आपराधिक क्रियाकलाप बढ्दै गएको भन्दै समितिले सो सुझाव दिएको हो । बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको अध्यक्षतामा भएकोे […]
बर्दिया —प्रहरीले लागुऔषध ब्राउन सुगरसहित बाँकेको कोहलपुर नगरपालिका-२ शक्तिनगरका २९ वर्षीय कर्मजित शाहीलाई पक्राउ गरेको छ । सीमा नाका बलैगाउँ हुँदै बर्दियाको बढैयाताल गाउँपालिका–२ फुटाहास्थित पैदल आइरहेको अवस्थामा शंका लागि चेकजाँच गर्दा शाहिसंग २ ग्राम ६ सय मिलिग्राम उक्त पदार्थ फेला पारेको थियो । जिल्ला प्रहरी कार्यालयका अनुसार सीमा नाका बलैगाउँ हुँदै बर्दियाको बढैयाताल […]
बर्दिया । लामो समय वडा अध्यक्ष रिक्त रहेको ठाकुरबाबा नगरपालिका–४ को वडा अध्यक्षका लागि छ पार्टी चुनावी स्पर्धामा छन् । उनीहरुले प्रचारप्रसालाई तिब्रता दिएका छन् । यस पल्टको निर्वाचनमा नागरिक उन्मुक्ति पार्टी पनि उक्त वडामा स्र्पमा उत्रिएको छ । पहिचानको वकालत गर्ने उक्त पार्टीलाई चासोको रुपमा हेरिएको छ । ठाकुरबाबा नगरपालिका वडान ४ मा ३५१० […]
नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले जथाभावी फोहोर फाल्नेलाई कारबाही गर्ने कार्य निरन्तर जारी राखेको छ । सडक तथा सार्वजनिक स्थानमा फोहोर फाल्ने पसल, व्यवसाय र संस्थालाई निरुत्साहित गर्ने उद्देश्यले शुरु गरिएको कारबाही निरन्तर जारी नै रहेको पाइएको छ । सो क्रममा मङ्गलबार बिहान पनि सडकमै स्वास्थ्यजन्य फोहोर फालेपछि नेपालगन्जको एक मेडिकललाई पाँच हजार रुपियाँ नगद जरिवाना […]
नेपालगन्ज। सुशासन र कानूनको क्षेत्रमा क्रियाशिल संस्था सूचना र मानवअधिकार अनुसन्धान केन्द्र नेपालगन्जले निःशुल्क कानूनी परामर्श सेवाशुरु गरेको छ । आज सोमबार २५ डिसेम्बरका दिनमहिला हिंसाविरुद्धको १६ दिने अभियानअन्र्तगत यस वर्ष पनि संस्थाले निःशुल्ककानूनी परामर्श सेवाशुरु गरेको हो । आजनिशुल्क सेवालिनेमापहिलो सेवाग्राहीबाँके जानकीगाउँपालिका वार्ड नं. ३ इन्द्रगाउँका ५० बर्षिया रसिदावानो बेहना हुनुहुन्छ । विपन्नमहिला समेत […]












