मिति २०८१।०१।१५ गते राती अन्दाजी २२;०० बजेको समयमा जिल्ला बाँके राप्तिसोनारी गा.पा.५ चाचरफर्का बस्ने बर्ष १६ को सचिन थारुले YouTube हेरी काठ र फलामको घरेलु कटुवा पेस्तोल जस्तो देखीने हतियार बनाई आफ्नै पाईन्ट पछाडिको गोजिमा राखेको र गोजिबाट निकाल्ने क्रममा पड्कन गई निजको दाहिने खुट्टाको पछाडीको हिपमा छर्रा गाडिन गई घाईते भएको भनि २०८१।०१।१६ गते […]

  बर्दिया — बर्दिया प्रहरिले जिल्ला अदालतबाट ०७२ साल चैत ९ गतेको फैसलाले सार्वजनिक अपराध र जालसाजी मुद्दाका फरार ६ जनालाई पक्राउ गरेको हो । प्रहरीका अनुसार राजापुर नगरपालिका–१ का करिब २३ वर्षीय अशनिग्न चौधरीलाई आफ्नै घरबाट पक्राउ परेका छ्न । यसैगरी राजापुर नगरपालिकाको विभिन्न ठाउँबाट जालसाजी मुद्दाका फरार अभियुक्त दल बहादुर शाही, दिल बहादुर […]

  नेपालगन्ज, वैशाख १४ गते। तीन पटक म्याद थपिँदा समेत सहरी विकास मन्त्रालय अन्तरर्गत नेपालगन्ज १४ भवानीयपुरमा निर्माणाधीन बहुउदेश्यीय सिटीहलको निर्माण अझै अधुरै रहेको छ। कोरोना, निर्माण सामग्री समयमा नपाउनु र बिचमै डिजाइन समेत परिवर्तन गर्नु परेकोले तोकिएको समयमा सिटी हलको निर्माण पुरा हुन नसकेको सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन एकाइ […]

१४ बैसाख बढैयाताल , पडरिया टोल स्थित मधेशी समुदायका पुरुषहरु लाई यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी अभिमुखीकरण गरिएको छ ।   प्लान नेपालको सहयोगमा बाँके युनेस्को क्लबको सशक्त बालिका परियोजनाको आयोजनामा बर्दियाको बढैयाताल गाउँपालिका वडा नं ७ को पडरियाको मधेशी टोलमा २०८१ बैसाख १२ गतेदेखि १४ सम्म यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी अभिमुखिकरण  गरिएकाे हाे […]

  खजुरा, वैशाख १४ गते । भारतमा भइरहेको लोकसभाको निर्वाचनलाई मध्यनजर गर्दै भारतीय सीमावर्ती जिल्ला श्रावस्तीमा बिहीबार नेपाल–भारत सुरक्षा अधिकारीहरूको संयुक्त बैठक सम्पन्न भएको छ । भारतको श्रावस्ती जिल्लामा आगामी मे २५ तारिखका दिन हुन गइरहेको लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्थाका बारेमा छलफल गर्न श्रावस्ती जिल्लाको सदरमुकाम भिङ्गामा नेपाल र भारतका सीमा क्षेत्रका सुरक्षा […]

  तानसेन, वैशाख १४ गते । पाल्पामा मलेरिया (औलो) का बिरामी देखिने क्रम बढेको छ । भारतका विभिन्न स्थानमा काम गर्न जाने मानिसमा मलेरिया पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । गत आर्थिक वर्षमा पाल्पामा पाँच जनामा मलेरिया पुष्टि भएकोमा यो वर्ष चैत मसान्तसम्ममा छ जनामा पुष्टि भइसकेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । विगतका वर्षमा एक/दुई […]

  बर्दिया — बर्दिया प्रहरीले मधुवन नगरपालिका–७ का लोकबहादुर भण्डारीको घरबाट ३ सय ४० ग्राम ब्राउन सुगर बरामद गरेको छ । लागूऔषध बिक्री भइरहेकोचनाका आधारमा खानतलासी गर्दा प्रहरीले ब्राउन सुगर फेला पारेको हो । प्रहरीले २१ वर्षीय सागर आलेलाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय ढोढरीले यस घटनाबारे अनुसन्धान गरिरहेको छ ।

  दाङ/ सल्यानमा कुटपिट गरी एक युवकको हत्या भएको छ। घटनामा संलग्न आरोपितमध्ये ११ जना पक्राउ परेका छन्। जिल्लाको कुमाख गाउँपालिका– ६ का २१ वर्षीय विकास वलीको स्थानीय युवाको कुटपिटबाट मृत्यु भएको थियो। जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख (डिएसपी) नवीन कार्कीका अनुसार गत मंगलबार राति सामान्य विवादको विषयमा भलिबल खेलेर आएका ११ जना जना […]

  कपिलवस्तु । कपिलवस्तु नगरपालिका वडा नं ४ मालपराका विनीत मिश्रको अपहरण आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले उनको आठ घण्टापछि बुटवलबाट सकुशल उद्धार गरेको हो । प्रहरी उपरीक्षक नवरत्न पौडेलका अनुसार अपहरणको आरोपमा पाँच जना जनालाई पक्राउ गरिएको बताए । घटना बारे थप अनुसन्धान भइरहेको उनको भनाई छ ।

१३ बैसाख बढैयाताल सकारात्मक तथा नकारात्मक यौनिककता सम्बन्धी अन्तरपुस्ता सम्वाद कार्यक्रम बढैयातालको टेशनपुरमा गरिएको छ । प्लान नेपालको सहयोगमा बाँके यूनेस्को क्लबको सशक्त परियोजनाको आयोजनामा सकारात्मक यौनिकता तथा यौनिकता बारे नकारात्मक धाराणाका बिषयमा अन्तरपूस्ता संवाद कार्यक्रम गरिएको हो । कार्यक्रमकाे उद्देश्य र परियाेजनाकाे बारेमा जानकारी गराउदै परियाेजनाका फिल्ड सुपरभाइजर राम बहादुर थारूले भने   बालबालिका […]