नेपालगन्ज — नेपालगन्जमा आज शुक्रबार पनि दिनभरी निषेधाज्ञा र शुक्रबार राति ८ बजेदेखि शनिबार बिहान ६ बजे सम्म कर्फ्यु यथावत रहने प्रशासनले जनाएको छ । निषेधाज्ञा कर्फ्यु सम्बन्धी सूचनामा दिनभर नेपालगन्ज खुल्ला रहने तर निषेधित क्षेत्रमा कुनै प्रकारको भेला, जुलुस र पर्दशन गर्न नपाइने, पाँच जना एक ठाउँमा भेला हुन पनि नपाइने प्रशासनले जनाएको […]
बुटवल — गएराति बुटवल उपमहानगरपालिका–११ कालिकानगरस्थित सडकमा लु ४९ प ४४४ नम्बरको मोटरसाइकल अनियन्त्रितभई सोमबार राति विद्युत्को पोलमा ठोक्किएर दुर्घटना हुँदा तिलोत्तमा नगरपालिका–१ शंकरनगर बस्ने २६ वर्षीय गोविन्द ढकालको मृत्यु भएको छ । सो दुर्घटनामा परी गम्भीर घाइते भएका ढकालको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको हो ।
दाङ — पोखराबाट सुर्खेत जाँदै गरेको ग १ ख ८४८५ नम्बरको बस सोमबार बिहान लमही नगरपालिका ४ वनगाउँमा पल्टिँदा चालकसहित १४ यात्रु घाइते जनाएको छ । बस अनियन्त्रित भइ सडकदेखि १० मिटर तल खसेकोहो । घाइतेहरुको लमही अस्पतालमा उपचार भइरहेको छ ।
नेपालगन्ज — असोज ४ गते बालकहरूबीच झडप हुँदा बाँकेको डुडुवा गाउँपालिकास्थित जयेन्दु बाल सुधार गृहबाट फरार चार बालकमध्ये तीन अझै सम्पर्कबिहिन छन्। सुधार गृहका बालकहरूबीच झडप हुँदा एकको मृत्यु भएको थियो भने १० जना घाइते भएका थिए । चोरी मुद्दामा सुधार गृहमा बसिरहेका एक बालकलाई प्रहरीले दैलेखमा फेला पारेको छ । बाँके प्रहरी प्रवक्ता डीएसपी […]
नेपालगन्ज — बाँकेको डुडुवा गाउँपालिकास्थित जयेन्दु बाल सुधार गृहमा असोज ४ गते राति १० बजे बाल बालबन्दीबीच झडप हुदा फरार भएका चारमध्ये एक जना दैलेखबाट पक्राउ परेका छ्न । बाँके र दैलेखबाट खटिएको प्रहरी टोलीले उनलाई महाबु गाउँपालिकाबाट पक्राउ गरेको बाँके प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक नारायण डाँगीले बताए । बाल सुधार […]
भैरहवा — घरमा मोटर मर्मत गर्ने क्रममा रुपन्देहीको सियारी गाउँपालिकाका -७ बनगाईका १८ वर्षीय राजेश यादवको करेन्ट लागेर मृत्यु भएको छ । करेन्ट लागेर गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचार गराइएको थियो । उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको रुपन्देही प्रहरी कार्यालयले जनाएको छ।
परासी — पश्चिम नवलपरासीको रामग्राम नगरपालिका– ७ मा करेन्ट लागेर स्थानीय ३५ वर्षीय जयप्रकाश यादवको करेन्ट लागेर मृत्यु भएको छ । घर अगाडि रहेको बिजुलीको पोलमा बत्ती निभाउने क्रममा करेन्ट लागेर यादवको मृत्यु भएको हो । करेन्ट लागेर घाइते भएका यादवको उपचारको लागि पृथ्वीचन्द्र जिल्ला अस्पतालमा ल्याए पनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको […]
बर्दिया — ४४ औं विश्व पर्यटन दिवसका अवसरमा बुधबार लुम्बिनी प्रदेशका अवसरमा बर्दियाको ठाकसरद्धारामा पर्यटकलाई भब्य स्वागत गरिएको छ । दिवसको उदघाटन गर्न ठाकुरबाबा पुगेका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विदेशी पर्यटकलाई ढाकाटोपी लगाइदिएर स्वागत गरेका हुन । दिवसका अवसरमा युरोपेली मुलुकबाट एक दर्जनभन्दा बढी पर्यटक यहाँ आएका छन् । दिवसका अवसरमा बुधबार नगरपालिकाले सार्वजनिक […]
बर्दिया — मधुवन नगरपालिका-३ एकता सामुदायिक वनमा माटो खन्ने क्रममा ढिस्को खस्दा पुरिएर स्थानीय ६० वर्षीय भदैया थारुको मृत्यु भएको छ । शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।
बुटवल — लुम्बिनी प्रदेश सरकारले प्रदेश योजना आयोगमा दुई सदस्य नियुक्त गरेको छ । सरकारको भदौ २६ गते बसेको बैठकले रोल्पाका सुधनकुमार वली र कपिलवस्तुका सरोज खनाललाई नियुक्त गरेको हो । दुवै जनाले शुक्रबार पद तथा गोपनियताको शपथ लिएका छन् । लुम्बिनी प्रदेश सरकारले यसअघि प्रदेश योजना आयोगको उपाध्यक्षमा तुलसीपुर उपमहानगरपालिका–६ दाङका डा. नहकुल […]












