११ माघ , बढैयाताल गाउँ पालकिाले पाठेघरको मुखको क्यान्सर बिरुद्धको एच. पि.भी.खोपको तयारी तिब्र तयारी तिब्र पारेको छ । स्वास्थ्य शाखा बढैयाताल गाउँपालिकाले सवै वडाहरुमा सरोकारवाला संग अन्तरक्रिया गर्दै ्राष्ट्रिय अभियानको एच. पि.भी. खोप अभियान लाई तिब्र पारेको छ भने उक्त खोप बाट करिब २५ सय जना लाभान्वित हुने जनाएको छ । १० वर्ष […]
आशा लघुबित्त बितिय संस्था गुलारिया शाखाले आप्mनो संस्थाको मृतक सदस्याको परिवारलाई बिमा सुबिधा बापत्को ८ लाख ३ हजार ३ सय १५ रकम प्रदान गरेको छ । मंगलबार संस्थाका शाखा प्रबन्धक तेज राज न्यौपाने, लेखापाल नबिना गुरुङ बिसी, बित्तिय कनिष्ठ सहायक निर्माला बुढा र सदस्याहरुको रोहवरमा संस्थाका सदस्य मृतक बारबर्दिया नगरपालिका ५ का मिना कुमारी चौधरीको […]
काठमाडौं,- चितवन,भरतपुर महानगरपालिका-९ हाकिमचोक बस्ने बाबुराम कंडेलको घरमा विद्युत सर्ट भई गए राति आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन । बाँके,नेपालगंज उपमहानगरपालिका-२ स्थितसोही उपमहानगरपालिका-४ गणेशुर बस्ने पवन गुप्ताको शाह फर्निसिङ फाईबर सिरक फ्याक्ट्रीमा विद्युत सर्ट भई गए राति आगलागी हुँदा मेसिन, सिरक र डस्ना लगायतका सामानहरू जलेर नष्ट भएकोछ । […]
४ माघ , बढैयाताल बर्दियाको बढैयातलमा दोश्रो u-18 बिद्यालय स्तरीय फुटवल प्रतियोगिता २०८१ शुरू भएकाे छ । शुक्रवार भएकाे उद्घाटन खेलमा ज्ञान ज्योति मा.बि विजयी भएको छ । प्रतियोगिताको उद्धघाटन खेलमा प्रतिस्पर्धी भगवती सस्कृत तथा साधरण मा.बि.बढैयाताल ८ तिलकाना लाई ४ –० शुन्य गोल अन्तरले हराउदै ज्ञान ज्योति मा.बि बढैयाताल ४ छत्र नगर विजयी […]
काठमाडौं-चितवन,भरतपुर महानगरपालिका-४ अध्यचोकस्थित सडकमा ना.५ च ९४८ नम्बरको बोलेरो र ना.४९ प२९३७ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बुधबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक गोरखा शहिद लखन गाउँपालिका-३ मनकामना बस्ने ५८ वर्षीय यमबहादुर आलेको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । बोलेरो चालकलाई प्रहरीले […]
नेपालगन्ज । बाँकेको राप्ती सोनारि गाउँपालिकामा यो साता भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका अनुसार मङ्गलबार साँझ राप्तीसोनारी–७ फत्तेपुर सर्रामा नरैनापुरबाट नेपालगन्ज जाँदै गरेको भे १ ख ३७७४ नम्बरको बस र फत्तेपुरबाट नेपालगन्जतिर आइरहेको भे ६ प ८८३६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँएर दुई जनाको मृत्यु […]
. बर्दिया —ठाकुरबाबा नगरपालिका–९ स्थित मेला गएका दुई युवालाई अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी घाइते बनाएका छन् । ठाकुरबाबा मन्दिरनजिक रहेको टाइगर चोकमा सोमबार राति करिब १२ बजे उक्त घटना भएको प्रहरीले जनाएको छ । धारिलो हतियारबाट गेरुवा गाउँपालिका–५ का करिब २० वर्षका नवीन थारु र साजन थारु घाइते भएको जिल्ला प्रहरी कार्यालय,बर्दियाका सूचना […]
बर्दिया —प्रहरीले एकै दिनमा ५ फरार प्रतिवादी पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय,मैना पोखरबाट खटिएका उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय,बर्दियाले जनाएको छ । पक्राउ पर्नेमा जिल्ला अदालत बर्दियाको विभिन्न मितिमा कैद तथा जरिवाना सजाय भई फरार रहेका जुवा, लुटपाट, चोरी र लागूऔषध मुद्दाका प्रतिवादी रहेका छन् । लागूऔषध मुद्दामा अदालतबाट ०७९ साल भदौ […]
बुटवल —लुम्बिनी प्रदेश सरकारले माघ २ गते प्रदेशभर सार्वजनिक बिदा दिने भएको छ । माघे संक्रान्ति तथा माघ पर्वको अवसर पारेर प्रदेश सरकारले हरेक वर्ष सार्वजनिक बिदा दिँदै आएको छ । यस वर्ष पनि माघे संक्रान्ति तथा माघ पर्वलाई मध्यनजर गर्दै माघ २ गते प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन […]
बर्दिया । बाख्रा चराउन गएकी बर्दिया ठाकुरबाबा नगरपालिका वडा न. ७ सुन्दरपुरकी ४० वर्षीया पदमकला थापालाई पाटे बाघले आक्रमण गरी ज्यान लिएको छ । घर नजिकैको झाडीमा बाख्रा चराउन गएकी उनलाई आज आईतबार दिउँसो आक्रमण गरेको हो । ठाकुरबाबाको भुरीगाउँस्थित पत्रकार भावुक योगीका अनुसार तीनचार जना महिला बाख्रा लिएर नजिकैको सामुलायिक झुण्डीमा गएका थिए । […]











