बुटवल — लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्की चढेको लु १ झ ७३८ नम्बरको गाडी तुलसीपुर उपमहानगरपालिकाको शीतलपुरमा दुर्घटनामा परेको छ । गाडीमा मन्त्री मास्कीसहित ५ जना सवार थिए । सडकमा एक्कासि बच्चा आएपछि जोगाउने क्रममा गाडी सडकछेउको खाल्डोमा परेर दुर्घटना भएको हो । मन्त्रीसहित सवार ५ जना नै सामान्य घाइते भएअका छ्न ।
नेपालगन्ज । स्थानीय तह संघर्ष समिति नेपालगन्ज उपमहानरपालिकाका कर्मचारीहरु सोमबार काम छोडेर बिरोधमा उत्रिएका छन् । स्थानीय निजामती सेवा ऐनको सट्टा एकिकृत निजामती सेवा ऐन जारी गरिनु पर्ने, स्थानीय तहको प्रमुख प्रशासकिय अधिकृतको पद स्थानीय सेवाको नै रहने व्यवस्था गरिनु पर्ने, निजामतीको परिभाषाभित्र स्थानीय तहका कर्मचारी समेत समेटिनु पर्ने लगायतका माग राखि आन्दोलनमा उत्रिएका हुन […]
खजुरा २०८० असोज २२ बाँकेको नेपालगन्जमा भएको यो घटनाले र धरान मलंगवा सलार्ही मा भएको घटनाले गर्दा नेपालमा धार्मिक द्धन्द्ध भइरहेको छ हामीलाई आखिर जे डर थियो, जानी–नजानी मुलुक त्यही बाटोतिर अग्रसर छ । राजनीतिक अस्थिरता र संक्रमणबाट पटक–पटक गुज्रँदै आएको देश फेरि त्यस्तै अर्को महासंकटको डिलमा उभिएको छ । एकातिर साम्प्रदायिक र धार्मिक हिंसा भड्काएर […]
पाल्पा — रामपुर नगरपालिका–१०, गेझा टोक्सेमा सडक मर्मतको क्रममा पहिरो खस्दा एक्स्काभेटरसहित पुरिँदा चालक शान्तिनगर गाउँपालिका–१, दाङका ३० वर्षीय धनबहादुर खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ । गेझाको मिलन चौतारीदेखि टोक्से जाने पुरानो मोटरबाटो मर्मत गर्ने क्रममा सडकमाथिबाट खसेको पहिरोले बा २ ख १९५७ नम्बरको एक्स्काभेटरसहित चालक खड्कालाई पुरेको प्रहरीले जनाएको छ ।
पाल्पा — पाल्पामा बाराको फेटा गाउँपालिका–२, घर भई हाल कास्कीको पोखरा महानगरपालिका–४, मा बस्दै आएका २५ वर्षीय सोहन हुसेन र स्याङ्जाको पुतलीबजार नगरपालिका–५, घर भई हाल पोखरा महानगरपालिका–२, बस्दै आएका ३१ वर्षीय किशोर विश्वकर्मा लागूऔषधसहित पक्राउ परेका छ्न । सिद्धार्थ राजमार्ग अन्तर्गत बर्तुङ्ग–राम्दी सडक खण्ड अन्तरगत बगनासकाली गाउँपालिका–५, राम्दीमा चेकजाँच गर्ने क्रममा सुनौलीबाट पोखरा […]
नेपालगन्ज — नेपालगन्जमा आज शुक्रबार पनि दिनभरी निषेधाज्ञा र शुक्रबार राति ८ बजेदेखि शनिबार बिहान ६ बजे सम्म कर्फ्यु यथावत रहने प्रशासनले जनाएको छ । निषेधाज्ञा कर्फ्यु सम्बन्धी सूचनामा दिनभर नेपालगन्ज खुल्ला रहने तर निषेधित क्षेत्रमा कुनै प्रकारको भेला, जुलुस र पर्दशन गर्न नपाइने, पाँच जना एक ठाउँमा भेला हुन पनि नपाइने प्रशासनले जनाएको […]
बुटवल — गएराति बुटवल उपमहानगरपालिका–११ कालिकानगरस्थित सडकमा लु ४९ प ४४४ नम्बरको मोटरसाइकल अनियन्त्रितभई सोमबार राति विद्युत्को पोलमा ठोक्किएर दुर्घटना हुँदा तिलोत्तमा नगरपालिका–१ शंकरनगर बस्ने २६ वर्षीय गोविन्द ढकालको मृत्यु भएको छ । सो दुर्घटनामा परी गम्भीर घाइते भएका ढकालको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको हो ।
दाङ — पोखराबाट सुर्खेत जाँदै गरेको ग १ ख ८४८५ नम्बरको बस सोमबार बिहान लमही नगरपालिका ४ वनगाउँमा पल्टिँदा चालकसहित १४ यात्रु घाइते जनाएको छ । बस अनियन्त्रित भइ सडकदेखि १० मिटर तल खसेकोहो । घाइतेहरुको लमही अस्पतालमा उपचार भइरहेको छ ।
नेपालगन्ज — असोज ४ गते बालकहरूबीच झडप हुँदा बाँकेको डुडुवा गाउँपालिकास्थित जयेन्दु बाल सुधार गृहबाट फरार चार बालकमध्ये तीन अझै सम्पर्कबिहिन छन्। सुधार गृहका बालकहरूबीच झडप हुँदा एकको मृत्यु भएको थियो भने १० जना घाइते भएका थिए । चोरी मुद्दामा सुधार गृहमा बसिरहेका एक बालकलाई प्रहरीले दैलेखमा फेला पारेको छ । बाँके प्रहरी प्रवक्ता डीएसपी […]
नेपालगन्ज — बाँकेको डुडुवा गाउँपालिकास्थित जयेन्दु बाल सुधार गृहमा असोज ४ गते राति १० बजे बाल बालबन्दीबीच झडप हुदा फरार भएका चारमध्ये एक जना दैलेखबाट पक्राउ परेका छ्न । बाँके र दैलेखबाट खटिएको प्रहरी टोलीले उनलाई महाबु गाउँपालिकाबाट पक्राउ गरेको बाँके प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक नारायण डाँगीले बताए । बाल सुधार […]











